विश्वकपको सफल टोली ब्राजिल कतारमा जारी २२औं संस्करणको फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समानुपातिकतर्फको मतणना जारी छ । प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दा समानुपातिकमा भने अझै १० लाख हाराहारीमा गणना हुन बाँकी छ । सोमबार साँझसम्म करिब ९४ लाख मतगणना भइसकेको छ । जारी गणनामा नेकपा (एमाले) पहिलो स्थानमा छ ।
निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ ।
फिफा विश्वकप अन्तर्गत समूह चरणको दोस्रो खेलमा एसियाली टोली दक्षिण कोरियाले घानासँग हार खेपेको छ ।
थापाथलीको सुकुम्वासी बस्ती हटाउन जानेक्रममा बस्तीका मानिसहरूको आक्रमणमा परी काठमाडौं महानगरपालिकाका प्रहरी उपरीक्षक एवं प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेसहित ३६ जना प्रहरी घाइते भएका छन् ।
पाल्पा उद्योग वाणिज्य सङ्घको अध्यक्ष पदमा शैलेन्द्र भट्टराई निर्वाचित हुनुभएको छ । अध्यक्ष पदका लागि सोमबार भएको निर्वाचनबाट ६४१ मतसहित अध्यक्षमा भट्टराई निर्वाचित हुनुभएको हो ।
पाँचथर जिल्लामा प्रदेशतर्फ समानुपातिक प्रणालीको मत गणना सकिएको छ । सोमवार साँझ सम्पन्न गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) ले सबै भन्दा धेरै मत पाएको छ ।
कपिलवस्तु –१ मा सत्ता गठबन्धनका उम्मेदवारलाई दोब्बर मतले पराजित गर्दै नेकपा (एमाले) का बलराम अधिकारी निर्वािचतहुनुभएको छ ।
अष्ट्रेलियाली राजदूत फेलिसीटी भोल्कले विराटनगर स्थित मदरसा शहबाजिया माध्यमिक विद्यालयमा अष्ट्रेलियाली सहयोगमा स्थापना भएको स्रोत केन्द्रको उद्घाटन गर्नुभएको छ ।
दुई जना बालिकालाई बलात्कार गरेको कसुरमा दुई फरक व्यक्तिलाई जिल्ला अदालत मुस्ताङले १२/१२ वर्ष कैद फैसला गरेको छ ।
फिफा विश्वकप अन्तर्गत गोलको वर्ष भएको खेलमा सर्बिया र क्यामरुनले बराबरी खेल्दै अंक बाँडेका छन । अल जानोब स्टेडिममा सामेबार भएको समूह ‘जी’ को खेलमा सर्बिया र क्यामरुनले ३–३ गोलको बराबरीमा रोकिए ।
भारतीय युवा क्रिकेटर ऋतुराज गायकवाडले क्रिकेट खेलको एकै ओभरमा सात छक्कासहित ४३ रनको विश्वकीर्तिमान रच्नुभएको छ ।
प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कैलालीमा १८ हजारभन्दा बढी मत बदर भएको छ । गत साता भएको निर्वाचनमा कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा गरेर कुल १८ हजार ९७१ मत बदर भएको हो ।
रुपन्देही निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका उम्मेदवार अब्दुल रजाक गद्दी १२ हजार १३७ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
निर्वाचनमा जितेका उम्मेदवारलाई अहिले मतदातालाई भेट्न र बधाई लिन भ्याइनभ्याई भएको छ । पूर्वी नवलपरासीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका विजयी डा. शशाङ्क कोइराला, विष्णुकुमार कार्की र प्रदेश (क) मा विजयी महेन्द्रध्वज जिसी मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।