• १३ असोज २०८१, आइतबार

विजयी उम्मेदवार मतदातासँगको भेटघाटमा व्यस्त

blog

विजयोत्सव मनाउन र मतदातालाई भेटघाट गर्न उम्मेदवारहरू घरदैलोमा । तस्बिर : मीना कँडेल

मीना कंडेल

कावासोती, मङसिर १२ गते । निर्वाचनमा जितेका उम्मेदवारलाई अहिले मतदातालाई भेट्न र बधाई लिन भ्याइनभ्याई भएको छ । पूर्वी नवलपरासीका नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका विजयी डा. शशाङ्क कोइराला, विष्णुकुमार कार्की र प्रदेश (क) मा विजयी महेन्द्रध्वज जिसी मतदातासँगको भेटघाटमा व्यस्त हुनुहुन्छ ।

सदरमुकाम रहेको कावासोती, नवलपुरको बीचमा पर्छ । कावासोतीबाट पूर्व निर्वाचन क्षेत्र १ रहेको छ भने पश्चिममा २ नम्बर क्षेत्र मध्यबिन्दु, हुप्सेकोट र बिनयी त्रिवेणी रहेको छ ।   संयोग या ढिलासुस्ती नवलपुरका यी दुवै क्षेत्रमा राष्ट्रिय गौरवको चार लेन सडक धुलाम्मे छ । 

चुनावी घरदैलोमा बाटो, पुल, बिजुली, खानेपानी, रोजगारीदेखि सुकुम्वासी समस्या निराकरणसम्मको मागलाई पूरा गर्ने बाचा गरेका नेतालाई यहाँको मुख्य सडक बन्नमा भएको ढिलाइ चुनौती बनेको छ । गत भदौ अगावै समयसीमा नाघेको चार लेन सडकमा परीक्षणको रूपमै थपिएको पछिल्लो समय अहिले निर्माण कम्पनीले काममा तीव्रता देखाएको छ । मतदाताले नव निर्वाचित सांसदबाट सडकको शीघ्र निर्माणका लागि खबरदारी र निरन्तरको ध्यानको अपेक्षा गरेका छन् ।


विजयी उम्मेदवारले ‘नवलपुरको विकासमा लागिपर्ने र आश्वासनभन्दा काम गरेर देखाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । वैकल्पिक मार्ग त्रिवेणीदेखि देवघाटसम्म, कृषि क्षेत्रको विकास, युवा र महिलाका लागि रोजगारी सिर्जनामा अबको पाँच वर्ष बिताउने उम्मेदवारको प्रतिबद्धता छ ।