• १२ असोज २०८१, शनिबार

सुनसरी क्षेत्र नं. ४ को मतगणना गर्न आयोगको निर्देशन

blog

काठमाडौं, मङ्सिर १२ गते । निर्वाचन आयोगले सुनसरी जिल्लाको निर्वाचन क्षेत्र नं. ४ को प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना कार्यलाई अगाडि बढाउन निर्देशन दिएको छ । 

सो क्षेत्रको मतगणना गर्ने क्रममा त्रुटि भएकोले पुनः मतगणनाको माग गर्दै सो क्षेत्रका नेपाली  कांग्रेसका उम्मेदवार तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले दिनुभएको निवेदन उपचार सुनुवाइ गर्दै आयोगले यस्तो निर्देशन दिएको हो ।

सो क्षेत्रमा हालसम्मको मतगणनामा कांग्रेसका उम्मेदवार कार्कीले २३ हजार ४३९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ भने नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतले २३ हजार ३४१ मत प्राप्त गर्नुभएको छ । 

आयोगको सो निर्देशन पाएपछि सो क्षेत्रका मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले आयोगको निर्देशन अनुसार मतगणना कार्य अगाडि बढाउन मङ्गलबार बिहान ७ बजे सर्वदलीय बैठक बोलाइएको जानकारी दिनुभयो । 

सर्वदलीय बैठकपछि कति बजेबाट मतगणना गर्ने कार्यलाई अगाडि बढाउने भन्ने टुङ्गो लाग्नेछ । आयोगका उपसचिव ऋषिराम भुसालको हस्ताक्षर रहेको सो पत्रमा यसअघि मतगणना गर्दा सीसीटीभी भएको भए त्यसको फुटेज सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउन र सुरक्षित राख्न पनि भनिएको छ । 

आयोगको पत्रमा भनिएको छ, ‘‘प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४, प्रदेश सभा सदस्य निर्वाचन ऐन, २०७४ दुबैको दफा ५७ को उपदफा (१) बमोजिम कुनै मतदान केन्द्रको मतगणना समाप्त नहुँदै वा गणना गरिएको मतपत्र सिलबन्दी हुनु पहिले सम्बन्धित निर्वाचन क्षेत्रको कुनै उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले केही वा सबै मतपत्र दोहो(याई गणना गरिपाउँm भनी तत्काल निर्वाचन अधिकृतसमक्ष कारणसहित निवेदन दिएमा उक्त मतदान केन्द्रको मतगणना भइनसकेको वा गणना भएको मतपत्र सिलबन्दी भइनसकेको भए ऐ. ऐनको ऐ. दफाको उपदफा (२) बमोजिम दोहो¥याई मतगणना गर्न सक्ने कानूनी व्यवस्था भएकाले निर्वाचन अधिकृतले गणना गर्न सक्ने तर कुनै मतदान केन्द्रको मतगणना भई मतपत्रहरु सिलबन्दी भइसकेको भए उक्त सिलबन्दी मतपत्रहरु खोली पुनः मतगणना गर्न सक्ने कानूनी आधार नदेखिएकाले ऐ. ऐनको ऐ. दफाको उपदफा (३) बमोजिमको सूचना दिई मतगणना कार्य सुचारु गर्न गराउन तथा मतगणनास्थलमा सिसीटिभी रहेको भए सोको फुटेजसमेत सुरक्षित राखी सम्बन्धित पक्षले हेर्न चाहेमा देखाउने व्यवस्था मिलाउन मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिने भन्ने आयोगबाट मिति २०७९।०८।१२ मा निर्णय भएकाले निर्णयानुसार हुन अनुरोध छ ।’’