• १२ असोज २०८१, शनिबार

पाँचथर प्रदेश समानुपातिकमा एमालेलाई सबैभन्दा बढी मत

blog

राधा लुइटेल

फिदिम, मङसिर १२ गते । पाँचथर जिल्लामा प्रदेशतर्फ समानुपातिक प्रणालीको मत गणना सकिएको छ । सोमवार साँझ सम्पन्न गणनाको पछिल्लो परिणाममा नेकपा (एमाले) ले सबै भन्दा धेरै मत पाएको छ । 

सो दलले २६ हजार २ मत पाउँदा नेपाली कांग्रेसलाई १९ हजार ८ सय ८ र नेकपा (माओवादी केन्द्र) लाई १० हजार ६ सय ७७ मत प्राप्त भएको मुख्य निर्वाचन अधिकृत टिकेन्द्र दाहालले जानकारी दिनुभयो । 

उहाँका अनुसार यस जिल्लाबाट नेकपा (एस) ले २९ सय २०, लिम्बुवानले २५ सय ५४ र राप्रपाले ३३ सय ६१ मत पाएका छन् । जनता समाजवादी पार्टीलाई १७ सय ९ मत प्राप्त भएको छ । जिल्लामा अब प्रतिनिधि सभा तर्फको भने २२ हजार मत गन्न बाँकी छ । सबै मत गणना भएपछि एकैसाथ प्रत्यक्ष तर्फका विजेता उम्मेदवारको नाम घोषणा गर्दै समानुपातिकको पनि परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृत दाहालको भनाइ छ ।