अभिनेता सलोन बस्नेत करिश्मा केसीसँग विवाह बन्धनमा बाँधिनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. १० को प्रदेशसभा (क)मा नेपाली कांग्रेसका उम्मेदवार पुकार महर्जन विजयी हुनुभएको छ । महर्जनले १० हजार ८२ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ६ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार हरिप्रभा खड्गी विजयी हुनुभएको छ । खड्गीले चार हजार ३६१ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
इलाम १ को प्रदेश सभा (ख) मा नेपाली कांग्रेसका शम्शेर राई विजयी हुनुभएको छ । राईले निकटतम प्रतिष्पर्धी नेकपा (एमाले) का दिपककुमार थेवेलाई ५ सय ४१ मतान्तरले पराजित गर्नुभयो ।
सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क)मा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रप्रसाद सिंह विजयी हुनुभएको छ । सिंहले १५ हजार ६९३ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (क)मा नेपाली कांग्रेसका उम्मेदवार रामसरोज यादव विजयी हुनुभएको छ ।
यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रम अन्तिम चरणमा पुगेका बेला पाँचदलीय सत्ता गठबन्धनका शीर्ष नेताबीच भेटवार्ता र छलफल सुरु भएको छ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार महतो विजयी हुनुभएको छ ।
काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि काठमाडौंमा वितरण सुरु हुने भएको छ ।
२०७४ सुदूरपश्चिम प्रदेश सभामा निर्वाचित भएका पाँच जना मात्र फेरि विजयी भएका छन् । विजयी हुनेमा दुई प्रतिनिधि सभामा र तीन जना प्रदेश सभामा रहेका छन् ।
कोहलपुर नगरपालिकाले बजार क्षेत्रका ८७२ वटा अनधिकृत होर्डिङ बोर्ड र फ्ल्यास बोर्ड हटाएको छ ।
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यको निर्वाचन लडेका १८ जना उम्मेदवारले एक सय भोट पनि पु-याउन सकेनन्। खासगरी विभिन्न साना पार्टीका र स्वतन्त्र उम्मेदवारले निर्वाचनमा सय भोट पनि पाउन नसकेका हुन्।
प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा भाग लिएकामध्ये दैलेखमा १७ जना उम्मेदवारको जमानत जफत भएको छ। दैलेखमा प्रतिनिधि सभाका दुई तथा प्रदेश सभाका चार निर्वाचन क्षेत्र छन्। दैलेख–१ मा प्रतिनिधि सभातर्फका आठ जना उम्मेदवारमध्ये पाँच जनाको जमानत जफत भएको छ। जमानत जफत हुनेमा मजदुर किसान पार्टीका प्रकाश गुरुङ, नेपाली कांग्रेस (बीपीका) भूपालबहादुर थापा, स्वतन्त्र पार्टीका इन्द्रप्रसाद शर्मा र नेकपा (एमाले)बाट विद्रोह गरी प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवार बन्नुभएका गोपाल नेपाली र सत्ता गठबन्धनबाट विद्रोह गर्नुभएका निरखबहादुर थापा रहनुभएको छ।
बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर ३ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका उम्मेदवार किशोर सिंह राठोर विजयी हुनु भएको छ । राठोरले नेकपा(एमाले)का किस्मत कुमार कक्षपतिलाई हराउँदै विजयी हुनु भएको हो ।