• १३ असोज २०८१, आइतबार

मेलम्चीको पानी सुरुङमा पठाउन सुरु

blog

मेलम्चीको पानी सुरुङमा पठाइँदै ।

काठमाडौं, मङ्सिर १२ गते । काठमाडौंवासीले लामो प्रतीक्षा गरेको मेलम्ची खानेपानी अब मङ्सिर २५ गते पछाडि  काठमाडौंमा वितरण सुरु हुने भएको छ ।

आइतबार राति १० बजेदेखि दुई वटा ढोका बन्द गरेर पानी पठाउन सुरु गरेकाले मङ्सिर २५ गतेसम्ममा सुन्दरीजलमा पानी पुगिसक्ने र त्यसपछि वितरण गरिने कार्यकारी निर्देशक कमलराज श्रेष्ठले जानकारी दिनुभयो । 

करिब दुई साताको प्रयासमा मेलम्ची खोलाको पानी काठमाडौं पथान्तरण सुरु गरिएको थियो । २६ किमी सुरुङमा पानी भर्ने काम सम्पन्न भएकापछि सोमबारदेखि काठमाडौंको सुन्दरीजलतर्फ पानी पठाउन सुरु गरिएको थियो । 

यस पटक कम्तीमा ६ महिना काठमाडौंमा मेलम्चीको पानी उपलब्ध हुने सम्भावना रहेको प्रमुख श्रेष्ठले बताउनुभयो ।