• १३ साउन २०८१, आइतबार

धनुषा १ को (क) मा कांग्रेसका संजयकुमार महतो विजयी

blog

धनुषा, मङ्सिर ११ गते । धनुषा  निर्वाचन क्षेत्र नं. १ को (क) मा नेपाली कांग्रेसका उम्मेदवार संजयकुमार महतो विजयी हुनुभएको छ ।

महतोले १० हजार ९५५ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

त्यस्तै, उहाँका प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार सुकेश्वर यादवले १० हजार ९४९ मत प्राप्त गर्नुभएको छ ।