प्रधानमन्त्री शेरबहादुर देउवाले पर्यावरण संरक्षण र दिगो विकासका क्षेत्रमा अनुसन्धान गर्न कृषि तथा वन विश्वविद्यालय नेतृत्वलाई निर्देशन दिनुभएको छ। आइतबार प्रधानमन्त्री कार्यालय बालुवाटारमा विश्वविद्यालयको दशौँ साधारण बैठकलाई सम्बोधन गर्दै देउवाले यस्तो निर्देशन दिनुभएको हो। विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले भन्नुभयो, “विश्वविद्यालयले एकीकृत रूपमा शिक्षण, अनुसन्धान तथा प्रविधि प्रसारको कार्य गरी देशको कृषि, पशु तथा वन क्षेत्रको समग्र विकासमा ठूलो योगदान पु¥याउने अपेक्षा राज्यले गरेको छ।” विदेशबाट काठको आयात हुने तर स्वदेशको उत्पादन जङ्गलबाट उपभोक्तासम्म नपुग्ने अहिलेको अवस्थामा कसरी काठको अधिकतम प्रयोग गर्न सकिन्छ भन्नेतर्फ अध्ययन गरेर सरकारलाई सहयोग गर्न पनि देउवाले विश्वविद्यालयका अधिकारीलाई आग्रह गर्नुभयो।
नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा पहिलेको तुलनामा बढी चिकित्सक उत्तीर्ण भएका छन् । यसअघि सम्पन्न विशेषज्ञ लाइसेन्स परीक्षामा ६८ दशमलव ६ प्रतिशत चिकित्सक उत्तीर्ण भएका थिए । काउन्सिलका प्रवक्ता डा. कृष्ण अधिकारीले शुक्रबार सम्पन्न परीक्षामा ७४ दशमलव १६ प्रतिशत चिकित्सक उत्तीर्ण भएको जानकारी दिनुभयो ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनु परेको छ । हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत हुनुहुन्छ । सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित हुनुभयो । उपमहासचिव हरिबोल गजुरेलको उम्मेदवारी थिएन ।
नियमित उडानका क्रममा मुम्बई उड्न लागेको नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज ए ३२० (आरए २०१) जहाजको इन्जिन स्टार्ट नभएपछि काठमाडौँमा ग्राउन्डेड भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार बिहान साढे ११ बजे मुम्बई उड्ने तयारीमा रहेको जहाज स्टार्ट नभएपछि १५२ जना यात्रुलाई निगमको अर्को जहाजबाट मुम्बई पठाइएको छ । इन्जिन स्टार्ट गर्न आवश्यक पर्ने एपीयू (एक्जिलरी पावर युनिट)मा समस्या देखिएपछि यात्रुलाई अर्को जहाजबाट मुम्बई पठाइएको हो ।
क्रोएसियासँग सुरुवाती अग्रता लिएर पनि अन्तिममा फराकिलो हार खेपेको क्यानडा कतार विश्वकपको समूह चरणबाट बाहिरिएको छ ।
जनकपुरधाममा सप्ताहव्यापी मनाइने विवाहपञ्चमी महोत्सव यस वर्ष पनि हर्षोल्लासपूर्वक मनाइँदैछ ।
विश्वकपको उपाधि दावेदार बेल्जियमलाई मोरोक्कोको धक्का लागेको छ । समूह समूह ‘एफ’अन्तर्गत आइतबार साँझ भएको खेलमा बेल्जियम मोरोक्कोसँग २-० गोलले पराजित भयो ।
निर्वाचन आयोगले दोलखामा मंसिर १५ गतेभित्र पुनः मतदान गराउने निर्णय गरेको छ । आयोगले १० वटा मतदान केन्द्रमा यही मंसिर १५ गते पुनः मतदान गराउने निर्णय गरेको हो ।
कर्णाली कोरिडोरको हुम्ला खण्डको दुल्ली कुनादेखि लालीबगर क्षेत्रको सुनाखाडाको चट्टानी भीर विस्फोट गर्ने क्रममा उछिट्टिएको ढुङ्गा लागेर एक जना नेपाली सेनाका अमल्दार गम्भीर घाइते हुनु भएको छ ।
अघिल्लो प्रतिनिधि सभामा रहेका ६० निवर्तमान सांसद प्रतिनिधि सभा सदस्य निर्वाचनमा पराजित हुनुभएको छ।
सुनसरीको निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना शनिबार दिउँसोबाट स्थगित भएपछि पुनः गणनाका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दर्ता गराउनुभएको छ ।
एसियाली देश जापान कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा कोस्टारिकासँग पराजित भएको छ । समूह ‘ई’ अन्तर्गत अहमद विन अली स्टेडियममा आइतबार भएको खेलमा जापान कोस्टारिकासँग १–० गोलले पराजित भयो ।
नेकपा (एमाले) इलामका अध्यक्ष महेश बस्नेत इलाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । पूर्व प्रधानमन्त्री तथा नेकपा समाजवादीका नेता झलनाथ खनाललाई हराउँदै उहाँ बिजयी हुनुभएको हो ।
सरकारले भू-उपयोग नियमावली २०७९ जारी गरेपछि अंशबण्डा र कित्ताकाटका लागि अदालतबाट भएको फैसलासमेत कार्यान्वयन नहुने अवस्था थियो।
वाई वाई यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबार सुदूरपश्चिम र कर्णाली प्रदेश विजयी भएका छन् । त्रिवि क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिमले गण्डकी प्रदेशलाई एक सय १३ रनले हरायो । मुलपानी क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले मधेश प्रदेशलाई दुई विकेटले पराजित गरेको छ ।