• १३ असोज २०८१, आइतबार

नेकपा (माओवादी केन्द्र)का अधिकांश पदाधिकारीको पराजय

blog

लक्ष्मण दर्नाल 

काठमाडौँ, मङ्सिर १२ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का २१ पदाधिकारीमध्ये जम्मा चार जनाले मात्रै प्रत्यक्ष निर्वाचनमार्फत प्रतिनिधि सभामा प्रवेश गर्दै हुनुहुन्छ । केही पदाधिकारी उम्मेदवार नै बन्नुभएको थिएन भने उम्मेदवार भएका पनि अधिकांश पराजित हुनुपरेको छ । 

हालसम्म निर्वाचित हुने पदाधिकारीमा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’, उपमहासचिव वर्षमान पुन, जनार्दन शर्मा, शक्ति बस्नेत हुनुहुन्छ । सात जना उपमहासचिवमध्ये गिरिराजमणि पोखरेल महोत्तरी–१, मातृका यादव धनुषा–१, पम्फा भुसाल ललितपुर–३ बाट पराजित हुनुभयो । उपमहासचिव हरिबोल गजुरेलको उम्मेदवारी थिएन ।

वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपाध्यक्ष कृष्णबहादुर महरा उम्मेदवार बन्नुभएन । महासचिव देवप्रसाद गुरुङ लमजुङबाट पराजित हुनुभयो । नौ जना सचिवमध्ये देवेन्द्र पौडेल बागलुङ–२ बाट निर्वाचित हुनुभयो । सचिव चक्रपाणि खनाल कपिलवस्तु–१ बाट पराजित हुनुभयो भने अन्य सचिवहरू गणेश साह, दिनानाथ शर्मा, लीलामणि पोखरेल, हितराज पाण्डे, हितमान शाक्य, राम कार्की र डिलाराम आचार्यको उम्मेदवारी थिएन ।