धनुषा निर्वाचन क्षेत्र नं. ४ नेपाली कांग्रेसका उम्मेदवार महेन्द्र यादवले अग्रता कायम राख्नुभएको छ ।
गृहमन्त्री बालकृष्ण खाणले अब पाँच दलीय गठबन्धनको सरकार बन्ने बताउनु भएको छ ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ (निटफेस्ट २०२२) को आज तेस्रो दिन आइतबार नेपालसहित अमेरिका र रसियाको गरी तीन प्रस्तुति मञ्चन हुँदैछ ।
धनुषा निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका उम्मेदवार दीपक कार्की विजयी हुनु भएको छ ।
फिल्म ‘डेसान’को ट्रेलर सार्वजनिक गरिएको छ । नम्रता सापकोटाको प्रमुख भूमिका रहेको फिल्म कमल एक्चै मगरले निर्देशन गर्नुभएको हो ।
जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक अप्रेसन सेवा सुरु भएको छ । जिल्ला अस्पताल घोषणा भएको पाँच वर्षपछि जिल्ला अस्पताल रुकुमपूर्वमा अप्रेसन सेवा सुरु भएको हो ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन २०७९ मा काभ्रेपलान्चोक जिल्लाको दुई प्रतिनिधि सभा र त्यसअन्तर्गतको प्रदेश सभामा उम्मेदवारी दिनुभएका उम्मेदवारमध्ये एक दर्जन उम्मेदवारले एक सय भन्दा कम मत प्राप्त गर्नुभएको छ । जिल्लामा दुई प्रतिनिधि सभा र त्यस अन्तर्गतका प्रदेश सभामा गरी कुल ६४ जनाले उम्मेदवारी दर्ता गराउनु भएको थियो ।
नेपाल बैङ्क लिमिटेडले लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको चौराहामा शाखा स्थापना गरी सेवा विस्तार गरेको छ । बैङ्कले शुक्रवार बुटवल उपमहानगरपालिका - ९ चौराहाबाट औपचारिक रुपमा सेवा सुरु गरेको बैङ्कका प्रवक्ता प्रकाशकुमार अधिकारीले जानकारी दिनुभयो ।
प्रतिनिधि सभातर्फको १६५ क्षेत्रमध्ये १५८ वटा क्षेत्रको मत परिणाम आइसकेको छ । रामेछाप १, सुनसरी १, ३, ४, उदयपुर १, धनुषा ४, इलाम १ क्षेत्रको मत परिणाम आउने क्रममा छ ।
अभावको अत्यासलाग्दो गुँडबाट बचेराको ममताले अभिभूत चारोको खोजीमा हुत्तिएको चरीझैँ म आइपुगेँ यो समुद्री किनारको देशमा ।
हीराजस्तै चम्कियो उसको अमूल्य यात्रा उसको मृत्युमा मृत्यु पनि मुस्कुरायो
एकातिर भर्खर प्रेम गर्न थालेको प्रेमी अर्कातिर तत्कालीन राजा महेन्द्रको उतैको केटासँग बिहे ग¥यौ भने देशलाई ठूलो नोक्सानी हुन्छ भनेर सम्झाएको कुरा सम्झिँदा उर्मिला गर्ग उपाध्यायलाई हुनसम्म दोधार प¥यो । बिहेअघि नै आफैँले सर्त राखेपछि शायद उहाँको प्रेमीलाई पनि यस्तै दोधार परेको थियो होला । प्राध्यापन र समाज सेवामा लागेका कृष्णमुरारीलाई उर्मिला गर्गको सर्त सहज लागे । विदेशी भूमिमा कमाएको सुख सयल, मान सम्मान सबै छाडेर आफ्नै माटोमा केही गर्छु भन्ने अठोटले समाज सेवा र कला सिर्जनामा जीवनको बाँकी जीवन बिताउँछु भन्नु सानो कुरा थिएन । झन्डै छ दशकअघि आफैँले पे्रम गरेको डा. कृष्णमुरारी गर्गलाई बिहेअघि सर्त राखेर वैवाहिक जीवनमा बाँधिने उर्मिला गर्गले आफ्ना श्रीमान्सँग त्यति समय व्यतीत गर्न पाउनुभएन ।
फल्गुनन्द नोमाङ्गेना सेवा सङ्घ, इलामले किरात धर्म संरक्षक गुरु लाफयङ (देवबहादुर तुम्बापो) ७९ औँ जन्मजयन्ति तथा गुरुको पूर्णकदको सालिक अनावरण गरिएको छ । प्रदेश प्रमुख माननीय परशुराम खापुङद्धारा सालिकको अनावरण गरिएको हो ।
नयनराज पाण्डेको ‘लू’ पढ्दै गर्दा नरैनापुरबाट तरेर शङ्करपुर जान र शङ्करपुरबाट तरेर नरैनापुर आउन कठिन थाहा भयो । धरा नाकछोङले यो लाइनभन्दा अगाडि पढेन । बरु आँखा चिम्लियो । एक हुल मान्छे ओरालो झरेर नदीको किनार आइपुगेका थिए । टालेको लुगा लगाएका, कोही कछाड बेरेका, अनिकालले पेट दबिएका कुपोषित ली मान्छेहरूमध्येको एउटा पाको मान्छे अगाडि सरेर जम्लाहात गर्दै पुकारा ग¥यो, “हे जलदेवी हामीलाई पारि जाने बाटो देऊ ।”
टीकापुर नगरपालिकाले ढुङ्गा, गिट्टी, बालुवाको ठेक्का नलगाउँदै कर्णाली नदीमा ढुङ्गा सङ्कलन सुरु गरिएको छ। नगरपालिकाले अघिल्ला वर्षदेखि ढुङ्गा, गिट्टी, बालुवा उठाउन रोक लगाएको टीकापुर पार्कपछाडिको क्षेत्रमा यसरी ढुङ्गा उठाउन थालिएको हो। नदीको किनारपट्टि उत्खनन बढेका कारण कर्णाली नदी टीकारपुरतिर सोझिइरहेका बेला टीकापुर पार्क पछाडि थुप्रिएको ढुङ्गा उठाए जोखिम बढ्ने स्थानीयवासीको भनाइ छ।