अब नेपालमा पनि डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन हुने भएको छ । आगामी पुस १ गतेदेखि सुरु हुन लागेको सहकारी व्यवस्थापनसम्बन्धी डिप्लोमा कोर्स काठमाडौँ विश्वविद्यालयमा सञ्चालन गरिने भएको हो । राष्ट्रिय सहकारी महासङ्घ र काठमाडौँ विश्वविद्यालयबीच डिप्लोमा इन को–अपरेटिभ म्यानेजमेन्ट कोर्स सञ्चालन गर्ने विषयमा सम्झौता भएको छ ।
इलाम क्षेत्र नं २ (क) मा नेपाली कांग्रेसका गोविन्द्र गिरी विजयी हुनुभएको छ । गिरीले १६ हजार ६५८ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । गिरीले नेकपा (एमाले) का गणेशप्रसाद बराललाई १२ सय ११ मतले पछि पार्नुभएको छ ।
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधिसभा सदस्यका लागि निर्वाचित हुनुभएको छ । उहाँ पाँचौं पटक विजयी बन्नु भएको हो । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बन्नुभयो ।
सुनसरी २ मा नेकपा (एमाले) का उम्मेदवार भीम आचार्य निर्वाचित हुनुभएको छ । उहाँ ३२ हजार ८ मतसहित प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. को प्रदेश सभा (ख) बाट गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार मंगलबहादुर शाही विजयी हुनुभएको छ ।
मुगु जिल्लाको निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा (क) बाटा नेकपा (एमाले) का जित बहादुर मल्ल विजयी हुनुभएको छ ।
मुगुको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार ऐन बहादुर शाही विजयी हुनु भएको छ ।
नेपाली कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बू मोरङको निर्वाचन क्षेत्र नम्बर १ बाट ४३० मतान्तरले प्रतिनिधि सभाको सदस्यमा विजयी हुनु भएको छ ।
समूह ‘सी’ अन्तर्गत एजुकेशन सिटी स्टेडियममा बिहीबार साँझ भएको खेलमा पोल्यान्डले साउदी अरबलाई २-० गोलले हरायो ।
चोरी मुद्दामा दोषी ठहर भई फरार रहेका एकजना व्यक्ति २७ वर्षपछि पक्राउ परेका छन् । रुपन्देही जिल्ला अदालतबाट २०५२ पुस २५ गतेको फैसलाले २ वटा फरक फरक चोरी मुद्दामा दोषी ठहर गरेका व्यक्ति पक्राउ परेका हुन् ।
जनार्जन खत्रीसर्लाही, मङ्सिर १० गते । सर्लाही क्षेत्र नम्बर २ -ख_ बाट नेपाली कांग्रेसका कौशलकिशोर राय प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।राय १७९ मतान्तरले प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । रायले नौ हजार ६२६ मत प्राप्त गर्नुभयो ।उहाँका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का मेथुर चौधरीले नौ हजार ४४७ मत पाउनुभयो । चौधरी जिल्ला समन्वय समिति सर्लाहीका निवर्तमान सभापति हुनुहुन्छ ।यस्तै, यस क्षेत्रका निवर्तमान प्रदेश सभा सदस्य अशोक कुमार यादव तेस्रो हुनुभयो । जनता समाजवादी पार्टी -जसपा_ का यादवले आठ हजार ९४० मत प्राप्त गर्नुभयो ।मतगणना भर निकै कडा प्रतिस्पर्धाका बीच अन्तिममा कांग्रेसका राय १७९ मतको अन्तरले विजयी हुनुभयो । योसँगै सर्लाहीमा प्रत्यक्षततर्फ चारवटै प्रतिनिधि सभा र आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।समानुपातिकतर्फको भने सर्लाहीको चारवटै निर्वाचन क्षेत्रमा मतगणना जारी नै रहेको छ ।
सर्लाही क्षेत्र नम्बर २ बाट (नेकपा माओवादी) केन्द्रका उम्मेदवार महिन्द्र राय यादव प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले चुनावमा धाँधली भएको आरोप लगाउनुभएको छ।
निर्वाचन आयोगले समानुपातिकतर्फ अहिलेसम्म कुल ७६ लाख १२ हजार छ सय ९८ मतगणना गरेको छ।
रुपन्देहीबाट प्रतिनिधिसभा सदस्यतर्फ नेपाली कांग्रेस नील भएको छ । पाँच वटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा सत्ता गठबन्धनबाट कोही उम्मेदवारले जित निकाल्न नसकेपछि कांग्रेस निल भएको हो ।