श्रीलङ्काका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले शनिबार पत्रकारहरूलाई आगामी जनवरीसम्ममा निर्बाध विद्युत् आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताउनुभएको छ ।
मङ्सिर ४ मा सम्पन्न निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा प्रतिनिधि सभा सदस्यका १५ र प्रदेश सभाका ३० निर्वाचन क्षेत्रको प्रत्यक्षतर्फको अन्तिम नतिजा आइसकेको छ ।
संयुक्त लोकतान्त्रिक बाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (माओवादी केन्द्र) का गणेश उप्रेती मोरङको निर्वाचन क्षेत्र नं.२ (क) बाट विजयी हुनु भएको छ ।
मुगुमा प्रतिनिधि सभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी हुनुभएको छ । उहाँ १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी हुनुभएको हो ।
नेकपा (एमाले) का तर्फबाट रुपन्देही निर्वाचन क्षेत्र ३ (ख) का उम्मेदवार तुलसीप्रसाद चौधरी विजयी हुनुभएको छ ।
रुपनि वडा नम्बर–२ लौवापारकी २० वर्षीया मन्जुला सदा झुण्डिएको अवस्थामा फेला पर्नुभएको छ । शुक्रवार बेलुकी आफ्नै काका ससुराको घरमा झुण्डिएको अवस्थामा सदा फेला पर्नुभएको प्रहरीले जनाएको छ ।
प्रदेश नं. १ को मोरङ निर्वाचन क्षेत्र १ (ख) मा नेकपा (एमाले) का नेता खड्गबहादुर बस्नेत निर्वाचित हुनुभएको छ । उहाँसँग संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका तर्फबाट उम्मेदवार बन्नु भएका नेकपा (एकीकृत समाजवादी) का नेता उपेन्द्रप्रसाद घिमिरे पराजित हुनुभयो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्षबीच भेटवार्ता भएको छ ।
सुनसरी प्रतिनिधि सभा क्षेत्र नं. ४ मा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिनुभएको छ ।
सङ्घीय संसद्का लागि एक क्षेत्र रहेको हुम्ला जिल्लामा प्रतिनिधि सभा सदस्य पदमा नेकपा (माओवादी केन्द्र) का छिरिङ् डम्डुुल लामा (कार्चेन) विजयी हुनुभएको छ । लामा बाम लोकतान्त्रिक गठबन्धनबाट विजयी हुनुभएको हो ।
नुवाकोटको निर्वाचन क्षेत्र नं २ को प्रदेश– (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बहादुरसिंह लामा (तामाङ) निर्वाचित हुनुभएको छ ।
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये अब चार स्थानको नतिजा आउन बाँकी छ ।
अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन् ।
धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ ।
सोचीमा विवादास्पद हिउँदे ओलम्पिक सम्पन्न गरेको चार वर्षपछि रुसले विश्वकप आयोजना ग-यो। सन् २००९ मै यस विश्वकपका लागि आयोजकको चयन प्रक्रिया अगाडि बढाइएको थियो। सुरुमा नौ राष्ट्रले यसमा चाहना राखे तर मेक्सिकोले पछि आफ्नो प्रस्ताव फिर्ता लियो। सन् २०१० मा इन्डोनेसियाको प्रस्ताव फिफाले खारेज गरिदियो। यसपछि अस्ट्रेलिया, जापान र अमेरिकाले क्रमगत आ–आफ्नो प्रस्ताव फिर्ता लिए। अन्त्यमा रुस, इङ्ग्ल्यान्ड, हल्यान्ड–बेल्जियम र पोर्चुगल–स्पेनको प्रस्ताव मात्र प्रतिस्पर्धामा रह्यो। त्यसपछि सन् २०१० मा मतदानबाट रुसले आयोजना अधिकार प्राप्त गरेको थियो।