• १३ साउन २०८१, आइतबार

धनुषा ४ को (क) मा कांग्रेसका यादव विजयी

blog

धनुषा ४ को (क) बाट विजयी हुनुभएका कांग्रेस उम्मेदवार यादव । तस्बिरः विजयकुमार साह

विजयकुमार साह
ढल्केवर, मङ्सिर १० गते । 
धनुषाको निर्वाचन क्षेत्र ४ को प्रदेश सभा (क) मा नेपाली कांग्रेसका उम्मेदवार शेषनारायण यादव विजयी हुनुभएको छ । उहाँले १४ हजार ५५ मत प्राप्त गरी प्रदेश सभा सदस्यमा विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का सन्तोष यादवले १२ हजार ६०६ मत प्राप्त गर्नुभएको धनुषा–४ का निर्वाचन अधिकृत सुदिपकुमार दङ्गालले बताउनुभयो ।

बाम गठबन्धनबाट साझा उम्मेदवार यादवले एक हजार ४४९ मतले प्रतिद्वन्द्वी एमालेका उम्मेदवार सन्तोषलाई पछि पार्दै विजयी हुनुभयो ।