प्रतिनिधि सभामा प्रमुख राजनीतिक दलले प्रत्यक्षतर्फ महिला उम्मेदवार खडा गर्न कन्जुस्याइँ गर्दै उठाएका थोरै महिला उम्मेदवारमा पनि अधिकांश पराजित भएका छन्। निकै कम मात्र महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाइएकोमा जितको प्रतिशत पनि न्यून छ। शुक्रबारसम्म प्रत्यक्षमा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका सात जना निर्वाचित भएका छन्। कांग्रेसबाट अहिलेसम्म एक जना पनि महिला उम्मेदवार निर्वाचित भएका छैनन्। एकीकृत समाजवादी र राप्रपाका महिला उम्मेदवार पनि जितविहीन छन्। कांग्रेसका दुई महिला उम्मेदवार भने अहिले पनि प्रतिस्पर्धामै छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार राजकिशोर यादव निर्वाचित हुनुभएको छ । यादवले नेपाली कांग्रेसकी नेत्री चित्रलेखा यादवलाई पराजित गर्दै सिरहा–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
पिठ्युँमा झोला, बायाँ हातमा पासपोर्ट र दायाँ हातले सुटकेस समातेर विमानस्थल पस्दै गर्दा बिदाइ गर्न आएका छोरा, छोरी र श्रीमतीले गह्रुँगो मनले हात हल्लाए। सङ्खुवासभा, बानाका द्रोण कोइरालाले पनि हात हल्लाउँदै बिदाइको जवाफ फर्काउनुभयो मन गह्रुँगो बनाउँदै। यही मङ्सिर ४ मा भएको आमनिर्वाचनको सरगर्मीमा रमाउँदै उहाँ आफ्नो कर्मथलोतर्फ लाग्नुभएको हो। कोइरालासँगै खाडी मुलुक जाने अन्य युवा श्रमिक पनि त्यसरी नै हात हल्लाउँदै विमानस्थलभित्र पसे। सबैका आँखा रसिला थिए, व्यथा एउटै थियो। परिवारसँगै बसेर रोजगारी गर्ने चाहना हुँदाहुँदै केही उपाय नदेखेपछि घरव्यवहार चलाउन उनीहरू विदेशी भूमिमा पसिना बगाउन हिँडेका थिए।
प्रतिनिधि सभा निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ। मधेश प्रदेशमा कतिपय नयाँ अनुहार विजयी हुनुभएको छ भने कतिपय उच्च तहका नेतासमेत पराजित हुनुभएको छ। त्यस्तै बर्दिबास समाचारदाताका अनुसार महोत्तरी क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरत्सिंह भण्डारी निर्वाचित हुनुभएको छ। सत्ता गठबन्धनका उम्मेदवार भण्डारीले तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)का डा. विजयकुमार सिंहलाई दोब्बर बढी मतले पराजित गर्नुभएको छ। भण्डारी र सिंहबीचको मतान्तर १४ हजार ७० मत छ। भण्डारीले २५ हजार १९० मत प्राप्त गर्नुभएको छ। पराजित सिंहले ११ हजार १२० मत ल्याउनुभएको छ।
“सभ्य समाजको पहिचान लैङ्गिक हिंसाविरुद्धको अभियान” नारासहित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शद्रक्रबारदेखि सुरु भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले लैङ्गिक हिंसाको अन्त्यका लागि हरेक व्यक्तिको समान योगदान हुनुपर्ने बताउनुभयो । मन्त्रालयले विभिन्न सामाजिक सङ्घसंस्थासँगको साझेदारीमा शुक्रबार राजधानीमा आयोजना गरेको लैङ्गिक हिंसाविरुद्धको १६ दिने अन्तर्राष्ट्रिय अभियान कार्यक्रमको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वाञ्चल विश्वविद्यालयलाई उत्कृष्ट शैक्षिक केन्द्रका रूपमा विकास गर्न सरकारले आवश्यक सहयोग गर्ने बताउनुभएको छ। विश्वविद्यालयको वार्षिक सभालाई शुक्रबार सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो । विश्वविद्यालयको कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री देउवाले आर्थिक वर्ष २०७९/८० को लागि तयार गरिएको नीति तथा कार्यक्रम उत्कृष्ट रहेको बताउनुहुँदै सोहीअनुसार अघि बढेमा विश्वविद्यालयको उन्नति सुनिश्चित हुनेसमेत बताउनुभयो। विश्वविद्यालयले समयको मागअनुसार व्यावहारिक तथा सीपमूलक विषयको पढाइमा ध्यान दिनुपर्ने उहाँको भनाइ थियो।
आगामी फागुन मसान्तसम्म सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्नुपर्ने भएको छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो ।आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभागले निर्णय नै गरेर फागुन मसान्त तोकेको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन २०७९ को प्रत्यक्षतर्फका करिब तीन चौथाइ निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ। यता विवादित बनेका तीन जिल्लाका तीन निर्वाचन क्षेत्रको मतगणना गर्ने वा पुनः मतदान हुने भन्ने अझै निश्चित भएको छैन। दोलखा, स्याङ्जा र बाजुराका एक एक निर्वाचन क्षेत्र विवादित बनेका हुन्। निर्वाचन आयोगका सहायक प्रवक्ता ऋषिराम भुसालले तीनवटै जिल्लाको उजुरी आयोगले अध्ययन गरिरहेको र छिट्टै निष्कर्षमा पुग्ने बताउनुभयो।
मोरङ निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार हुनुभएकी नेपाली कांग्रेसकी सुजाता कोइरालालाई पराजित गर्दै नेकपा (एमाले) का उम्मेदवार ऋषिकेश पोखरेल विजयी हुनुभएका छ ।
आयोजक कतारले फिफा विश्वकप फुटबलमा लगातार दोस्रो हार खेपेको छ । समूह ‘ए’ अन्तर्गत अल थुमामा स्टेडियममा शुक्रबार साँझ भएको खेलमा कतार सेनेगलसँग ३-१ गोलले पराजित भयो ।
कपिलवस्तु क्षेत्र नं ३ को प्रतिनिधि सभाका नेकपा (एमाले) का उम्मेदवार मंगलप्रसाद गुप्ता विजयी हुनुभएको छ ।
मुरारी अधिकारीधादिङ, मंसिर ९ गते । धादिङ प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी हुनुभएको छ। धादिङ कांग्रेसका जिल्ला समापति अधिकारीले नेकपा (एमाले) का खेमप्रसाद लोहनीलाई १० हजार ५ सय ३३ मत अन्तरले पराजित गर्नुभएको हो।कांग्रेसका अधिकारीले ३४ हजार ४ सय ८३ मत पाउनुभएको छ भने एमालेका लोहनीले २३ हजार ९ सय ५० मत पाउनुभएको छ। यो क्षेत्रमा ६७ हजार ६ सय १ मत खसेको थियो।
कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘ए’ को खेलको पहिलो हाफमा सेनेगलले आयोजक कतारमाथि १–० गोलको अग्रता लिएको छ ।
मोरङको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट नेकपा (एमाले)का लीलाबल्लभ अधिकारी विजयी हुनुभएको छ।
महोत्तरीको निर्वाचन क्षेत्र ३ प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ ।