जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको मतादन सुरु भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनमा नेकपामा एमाले र नेपाली काँग्रेसका कार्यकर्ताबिच फर्जिमत खसालेको विषयलाई लिएर झडप भएपछि सो मतदान स्थलमा मतदान गर्ने कार्य स्थगित भएको थियो ।
पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डो पाँच विश्वकप फुटबल प्रतियोगितामा गोल गर्ने विश्वका पहिलो पुरुष खेलाडी बन्नुभएको छ। रोनाल्डोले पाँच विश्वकपमा कुल आठ गोल गर्नुभएको छ। पोर्चुगलले बिहीबार राति घानालाई ३–२ ले हराएको खेलमा रोनाल्डोले पहिलो गोल गर्नुभएको थियो। ३७ वर्षीय रोनाल्डोले खेलको ६५औँ मिनेटमा प्राप्त पेनाल्टीलाई गोलमा परिणत गर्दै विश्व कीर्तिमान बनाउनुभएको हो। रोनाल्डोले आफूले खेलेका पाँचवटै विश्वकपमा गोल गर्नुभएको छ।
फिफा विश्वकप फुटबलमा अमेरिका र इङ्ग्ल्यान्डले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।
विश्वकप फुटबल प्रतियोगिता भइरहेको सहरमा अहिले साउदी अरबका समर्थक मात्र होइन ब्राजिलमा पनि अहिले ‘ह्वयर इज मेसी’ एउटा गीत गुन्जिरहेको छ। जुन साउदी अरबसँग अर्जेन्टिनाको हारपछि मेसीलाई गिज्याउन बनेको छोटो गीत हो। साउदी अरबसँगको अप्रत्याशित र अकल्पनीय हारपछि अर्जेन्टिनामाथि समूह चरणबाट बाहिरिने खतरा पनि मडारिएको छ। अर्जेन्टिनाले नकआउट चरणमा पुग्ने अभियान कायम राख्न शनिबार मेक्सिकोलाई हराउनुपर्नेछ। मेसीले पनि भन्नुभयो, “हामीले पहिले नै भनेका थियौँ, अर्जेन्टिना यहाँ हरेक खेल जित्न आएको हो। पहिलो खेल हारेपछि अब मेक्सिकोसँग जित्नु अझ अपरिहार्य बनेको छ।”
औद्योगिक विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको निजी क्षेत्रका व्यवसायीले बताएका छन्। आठौँ राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले शुक्रबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उद्योगी व्यवसायीले औद्योगिक क्षेत्रको विकासका लागि नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको हो। औद्योगिक लगानी र पूर्वाधार : समृद्धिको बलियो आधार भन्ने नाराका साथ आठौँ उद्योग दिवस मनाइएको हो।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले आइतबारदेखि थप तीनवटा कार्यालयबाट सेवा सुरु गर्ने भएको छ। कोषले पाँचौँ सामाजिक सुरक्षा कोषको स्थापना दिवसका अवसरमा आइतबारदेखि पोखरा, बुटवल र नेपालगञ्जमा पनि कार्यालय सञ्चालन गर्ने भएको हो। यीसहित काठमाडौँबाहिर कोषका पाँच कार्यालय हुनेछन्। गएको भदौ ८ गतेदेखि सिमरा र विराटनगर शाखा कार्यालय सञ्चालन गरिएको थियो।
चितवन ३ बाट राष्ट्रिय प्रजातन्त्र पाटीका उम्मेदवार विक्रम पाण्डे प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित हुनु भएकोमा छ । निर्माण व्यवसायी पाण्डेले खसेको ९४ हजार २८० मत मध्ये ३५ हजार ५५ मत प्राप्त गर्नुभएको छ ।
आइतबार सम्पन्न भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ। शुक्रबार सार्वजनिक भएको मतपरिणामअनुसार प्रतिनिधि सभा सदस्यमा विभिन्न राजनीतिक दलका उम्मेदवारले विजय हासिल गर्नुभएको छ। महोत्तरी समाचारदाता महेशकुमार दासका अनुसार महोत्तरी निर्वाचन क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर विजयी हुनुभएको छ।
चितवन क्षेत्र नम्बर ३ (ख) वाट नेकपा (माओवादी केन्द्र)का ठाकुर ढकाल निर्वाचित हुनुभएको छ । माडी नगर पालिकाका पूर्व मेयर ढकालले १५ हजार ४६१ मत ल्याएर निर्वाचित हुनु भएको हो ।
कतारमा जारी विश्वकप अन्तर्गत समूह ‘ए’ को आफ्नो दोस्रो खेलमा नेदरल्यान्ड्स र इक्वेडरले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
जगदम्बा इन्टरप्राइजेज नेपालको सबैभन्दा ठूलो विद्युत् खपतकर्ता बनेको छ। औद्योगिक उत्पादनका लागि हालसम्म चार मेगावाट खपत गरिरहेको सो उद्योगले अब ४८ मेगावाट विद्युत् खपत गर्ने भएको छ। नेपाल विद्युत् प्राधिकरणले परवानीपुर १३२ केभी सबस्टेसनबाट ६६ केभी प्रसारण लाइनमार्फत बारा–पर्सा औद्योगिक कोरिडोरमा सञ्चालित जगदम्बा इन्टरप्राइजेजलाई ४८ मेगावाटसम्म विद्युत् दिने भएको छ। बिहीबार थप विद्युत् आपूर्तिका लागि उद्योग परिसरमा राखिएको ६६/११ केभी, ५० एमभीए क्षमताको ट्रान्सफर्मर परीक्षण गरी सञ्चालनमा ल्याइएको छ।
रुपन्देहीको १ मा नेकपा (एमाले)का छविलाल विश्वकर्मा विजयी हुनुभएको छ। उहाँले स्वतन्त्र उम्मेदवार तथा पूर्व एमाले नेता घनश्याम भुसाल भन्दा ३ हजार ५ सय ६४ बढी मतले विजयी हुनुभएको हो ।
तनहुँको मस्र्याङ्दी जलविद्युत् आयोजनाले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ। यस वर्ष वर्षा धेरै भएकाले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रले जनाएको छ।
काठमाडौँ महानगरपालिकाले सहकारी संस्थालाई पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न निर्देशन दिएको छ। महानगरपालिकाअन्तर्गतको सहकारी विभागले सहकारी संस्थालाई आगामी पुस मसान्तभित्र साधारण सभा सम्पन्न गर्न सूचना जारी गरेको हो। पुस मसान्तसम्म साधारण सभा गर्न र १५ दिनभित्र साधारण सभाले पारित गरेको प्रमाणित प्रतिवेदन पेस गर्न विभागले जारी गरेको सूचनामा उल्लेख छ। विभागले सहकारी संस्थामा सदस्य बनाएर मात्र कारोबार गर्ने र सबै सदस्यलाई साधारण सभामा उपस्थितिका लागि आह्वान गर्न भनेको छ।
मोरङ ३ मा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिलकुमार शर्मा २२ हजार ७३६ मतान्तरले विजयी हुनु भएको छ ।