• १२ असोज २०८१, शनिबार

सङ्खुवासभा (ख) मा एमालेका लिङ्थेप विजयी

blog

ध्यान कुलुङ

सङ्खुवासभा, मङ्सिर १० गते । सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।

लिङ्थेपले १५ हजार ४ सय ८२ मत ल्याउनुहुँदा थापाले १५ हजार २ सय ४२ मत प्राप्त गर्नुभएको थियो । विद्यार्थी राजनीतिबाट आउनुभएका लिङ्थेप मादी नगरपालिकाका निवर्तमान मेयर हुनुहुन्छ । पराजित हुनुभएका थापा पूर्व प्रदेश सांसद हुनुहुन्छ । 

योसँगै सङ्खुवासभामा मत गणना सम्पन्न भएको छ । प्रतिनिधि सभामा गठबन्धन तर्फ नेपाली काँग्रेसका उम्मेदवार दीपक खड्का निर्वाचित हुनुभएको छ भने प्रदेश सभा (क) तर्फ नेकपा माओवादीका राजेन्द्र कार्की निर्वाचित हुनुभएको छ । 

समानुपातिकतर्फ नेकपा एमालेले २५ हजार १३८ मत प्राप्त गरेको छ भने नेपाली काँग्रेसले २२ हजार २६ मत प्राप्त गरेको छ । नेकपा माओवादी केन्द्रले ७ हजार ५२ मत प्राप्त गर्दा नेकपा एकीकृत समाजवादीले २ हजार ५४८ मत मात्र प्राप्त गरेको छ ।