महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनु भएको हो ।
सहरबाहिर एउटा पक्की पुल थियो । पक्की पुलछेउमा एक दिन उसले एउटा जुत्ता मिल्केको देख्यो । जुत्तालाई उसले गडेर हे-यो । जुत्ताबारे ऊ अनुमान गर्न उत्सुक भयो । पहिलो त यो अनुमान ग¥यो, जुत्ता कसको हो ? जुत्ता जसकसैको हुन सक्थ्यो । जुत्ता मेल फिमेलमध्ये पुरुषकै थियो । फित्ता बाँध्ने खालको । जुत्ता मिल्किएको ठाउँमा उत्तानो परेर आँ गरेर बसेको थियो मानौँ पूरै आकाश निल्न तयार छ ।
दुर्गा लाग्नुभन्दा केही दिनअगाडि काठमाडौँबाट पशु अधिकारवादीको एउटा टोली जिल्ला भ्रमणमा आयो । उनीहरूका कुरा सुनाएर जनतामा चेतना भर्ने आमसभा आयोजना गरिएको थियो । केही स्थानीय बुज्रुक र उतैबाट आएकाहरूले मन्तव्य राखे ।
जनकपुर प्राचीनकालदेखि वर्तमानसम्म हिन्दुका लागि मात्र होइन, बौद्ध, जैनलगायत कतिपय अन्य धार्मिक समूहका लागि पनि आस्थाको केन्द्र रहिआएको छ । वाल्मीकीय रामायणअनुसार जनकपुरको प्राचीन नाम बैजन्त थियो । बैजन्त शब्दको चर्चा देवीभागवत पुराणमा पनि भेटिन्छ । निमिपछि मिथि राजा भए । उनले बैजन्त नामलाई परिवर्तन गरी मिथिलापुरी राखेका थिए । मिथिलापुरी आफ्नो नामले नै मिथिलाको राजधानी नगरलाई जनाउँछ । यो नाम धेरै वर्षसम्म कायम रह्यो । हिन्दुहरूका महान् ग्रन्थ रामायण, महाभारत तथा पुराणमा समेत यसै नामबाट प्रचलित थियो । प्राचीन कालमा जनकपुरको आकार निकै ठूलो थियो । सीमातिर हेर्दा पूर्वमा कमलादेखि पश्चिममा जलेश्वरसम्म तथा दक्षिणमा गिरिजास्थानदेखि उत्तरमा धनुषाधामसम्म यस क्षेत्रको सीमा थियो । प्राचीन जनकपुरको क्षेत्रफल ३१.२ वर्गमाइल थियो जो वर्तमान समयमा एउटा सानो क्षेत्रमा खुम्चिएको देखिन्छ ।
मोरङको निर्वाचन क्षेत्र नं. ३ (ख) मा नेकपा एमालेका ज्ञानेन्द्र सुवेदी १७ हजार ४२८ मत प्राप्त गरी विजयी हुनु भएको छ ।
कुनै समयको प्रसङ्ग हो, एक देशका राजालाई जीवनको एउटा क्षणमा आएर जीवनमा राज्य नै जित्दा पनि केही अपूर्णजस्तो लाग्यो । सबै कुरा सम्पन्न त छ, राज्य नै आफ्नो नाममा छ र पनि मेरो खुसी खोइ ? खुसी नै पाउन नसकेको म राजाले कसलाई जितेँ, के जितेँ ? उनी आफ्नो सुन्दर घोडामा हीरा, जवारतसहित सुख र शान्ति खोज्न दरबारबाट निस्के । बाटोमा भेट्ने जतिलाई उनले प्रश्न राख्थे– सुख र खुसी कसरी मिल्छ ? कसैले मलाई बताइदियो र मलाई क्षणभर मात्र खुसी मिल्यो भने पनि मसँग भएको हीरा, जवारत सबै दिनेछु । सुन्ने जति सर्वसाधारणलाई विश्वास लागेन, यत्रो सम्पन्न सम्राट खुसी र सुख खोज्न हिँडेका ? पक्कै उनले केही गर्न खोजेको हुनुपर्छ उल्टो शङ्का पो गर्न थाले । कसैले उनलाई बताउने
काभ्रेपलान्चोक जिल्लाको प्रतिनिधि सभा १ मा सत्ता गठबन्धन दल नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सूर्यमान तामाङ (दोङ) विजयी हुनु भएको छ । नेकपा एमालेका केन्द्रीय सदस्य रेसमबहादुर लामालाई तीन हजार ९२८ मतान्तरले पराजित गर्दै दोङ निर्वाचित हुनु भएको हो ।
भनुँ भने सुन्नेलाई अवश्यै मन पर्ने छैन र मलाई पढ्दा पनि पढ्नेको आँखामा म मानवताविहीन मान्छेका रूपमा गनिने, ठहरिन सक्छु । मैले पहिला पनि मेरो यो यथार्थता एकचोटि लेखेको थिएँ । तर टाइप गर्न पठाउँदा ती टाइपकर्ताले तपाईंको रचना कता प-यो प-यो म खोज्दै छु भनी रचना नै हराइदिए । हाराइदिए वा आफ्नै नाममा कतै प्रकाशित गरे म अझै अनविज्ञ नै छु । टाइप गर्न गलत मान्छेको हातमा दिएकोमा आफैँलाई निकै ग्लानि छ ।
देशमा राजनीतिक स्थिरता कायम भई उद्योगधन्दा सञ्चालनमा आई आर्थिक विकासले गति लिन सकेको खण्डमा देशले फड्को मार्ने थियो तर त्यो हुन सकेन । स्वदेशमै रोजगारीको अवसर प्राप्त हुन पनि सकेन । अहिलेको अवस्थामा युवा पलायन देशकै जटिल एवं पेचिलो समस्या बन्दै गएको छ । सरकारले १५औँ योजना (आर्थिक वर्ष २०७६/७७–२०८०/८१) मार्फत रोजगारीलाई व्यवस्थित गराउने सन्दर्भमा सबै नागरिकलाई मर्यादित, उत्पादित र उत्थानशील रोजगारी उपलब्ध गराउने सोच तथा उत्पादनशील क्षेत्रमा रोजगारी अभिवृद्धि गरी बेरोजगारी दर तथा श्रमको अल्प उपयोगमा उल्लेखनीय रूपमा कमी ल्याउने लक्ष्य योजनाको रहेको छ । साथै सरकारले देशभित्र उत्पादनशील र मर्यादित रोजगारीका अवसर विस्तार गर्ने तथा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित गर्ने उद्देश्य राखेको छ ।
विद्युतीय सुशासन भन्नाले इलेक्ट्रोनिक सरकार, ई–गभर्नेन्स (आई.सी.टी.), सूचना र सञ्चार प्रविधिको सहयोगका साथ गरिने सरकारी कामकाज हो । यो सरल, नैतिक, जवाफदेही, उत्तरदायी र पारदर्शी शासन व्यवस्था हो । विद्युतीय सुशासन सेवाका विशिष्ट प्रकारका आधारमा चार प्रकार हुने विज्ञ बताउँछन् । ती हुन्– सरकारदेखि नागरिक, सरकारदेखि व्यवसाय, सरकारदेखि सरकार, सरकारदेखि कर्मचारी ।
प्रतिनिधि सभा सदस्यमा नुवाकोट २ बाट वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसी निर्वाचित हुनु भएको छ । केसीले २८ हजार १ सय ७ मत ल्याएर विजयी हुनु भएको हो ।
नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ (निटफेस्ट–२०२२)को दोस्रो संस्करण सुरु भएको छ । काठमाडौँको थापागाउँस्थित मण्डला थिएटरमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अतिथि तथा सहभागीबीच शुक्रबार महोत्सव समुद्घाटन गरिएको हो । ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्च : विविधिताको उत्सव’ नाराका साथ भारतका सुप्रसिद्ध रङ्गकर्मी तथा अभिनेत्री शबाना आजमीको विशेष आतिथ्यतामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले महोत्सव समुद्घाटन गर्नुभएको हो ।
मानवता प्रवद्र्धनका लागि नेपथ्य साङ्गीतिक समूहले एकमहिने मेची–काली सङ्गीत यात्रा गर्ने भएको छ । ‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ आयोजना हुन गइरहेको ‘नेपथ्य लाइभ कन्सर्ट’मा समूहले नेपालका मुख्य १० सहरमा साङ्गीतिक प्रस्तुति दिने जनाएको छ । साङ्गीतिक यात्रा मङ्सिर १६ गते विराटनगरबाट समुद्घाटन गर्ने गरी अन्तिम तयारी चलिरहेको आयोजकले जनाएको छ ।
आज (शुक्रबार)देखि सिनेमाघरमा नेपाली चलचित्र ‘मिलन’ र बलिउड चलचित्र ‘भेडिया’ प्रदर्शनमा आएका छन् । टेक पौरखी राई निर्देशित चलचित्र ‘मिलन’ले मित्रतामा आउने उतारचढावको कथा बताउँछ । चलचित्रमा सलोन बस्नेत, कुशल ठकुरी, शिल्पा थापा, शिशिर बाङ्देल, सुमिना गुरुङ, जानुका पौडेल, रेजिना एक्चैमगर, डेनियल खड्का र करण थापाको अभिनय छ ।
सङ्खुवासभा प्रदेश सभा (ख) तर्फ नेकपा एमालेका उम्मेदवार विदुर लिङ्थेप निर्वाचित हुनुभएको छ । उहाँको निकटतम प्रतिद्वन्द्वी नेकपा (एकीकृत समाजवादी)का उम्मेदवार सरिता थापालाई २४० मत अन्तरले हराउँदै उहाँ निर्वाचित हुनुभएको हो ।