• १३ साउन २०८१, आइतबार

महोत्तरी ४ बाट काँग्रेसका राय विजयी

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर १० गते । महोत्तरी क्षेत्र नं ४ को प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसका महेन्द्रकुमार राय निर्वाचित हुनुभएको छ । रायले जनता समाजवादी पार्टीका डा. सुरेन्द्रकुमार यादवलाई चार हजार बढी मतले पछि पार्दै विजयी हुनुभएको हो । 

रायले २५ हजार ४२० मत प्राप्त गर्नुभएको छ । पराजित यादवले २१ हजार २९६ मत ल्याउनुभएको छ । राय र यादवबीचको मतान्तर चार हजार १२४ मत  छ । जनमतका मनोजकुमार साहले दश हजार ३९ मत प्राप्त गर्नुभएको छ ।