कैलालीमा घोडाघोडी लवाङ्गीपूजा तथा सांस्कृतिक महोत्सव शनिबारदेखि सुरु भएको छ । महोत्सवको कैलाली क्षेत्र नम्बर ३ का नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गङ्गाराम चौधरीले उद्घाटन गर्नुभयो ।
नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (क)मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार राधिका तामाङ निर्वाचित हुनुभएको छ ।
पशुपति क्षेत्र विकास कोषसँग मारवाडी सेवा समितिले गरेको सम्झौता विपरीत पशुपति गौशाला धर्मशाला क्षेत्रमा पसल, चमेना गृह, अस्पताल सञ्चालनका लागि मापदण्ड पूरा नगरी बनेका संरचना साङ्केतिकरुपमा भत्काउन थालिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीले भारतको दिल्ली जिल्ला क्रिकेट एसोसिएसन (डिडिसिए)विरुद्धको दोस्रो अभ्यास खेलमा जित निकालेको छ । दिल्लीस्थित अरुन जेट्ली क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपालले डिडिसिएलाई ६ विकेटले हरायो ।
मुगु निर्वाचन क्षेत्र नं. १ को (ख)मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार मङ्गलबहादुर शाही विजयी हुनुभएको छ ।
सिन्धुली १ प्रदेश सभा (ख)मा नेपाली कांग्रेसका रामकुमार पहाडी विजयी हुनुभएको छ। पहाडी १५ हजार ६२१ मत ल्याएर विजयी हुनुभएको हो।
फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘डी’ को आफ्नो दोस्रो खेलमा अस्ट्रेलियाले पहिलो हाफमा ट्युनेसियामाथि १–० गोलको अग्रता लिएको छ ।
इनरुवास्थित भगवती माध्यमिक विद्यालयमा भइरहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ को मतगणना स्थगित भएको छ।
भोजपुरबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्युरो सदस्य सुदन किराँती विजयी हुनुभएको छ।
मोरङ क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का अमनलाल मोदी विजयी हुनुभएको छ।
बागमती प्रदेशले यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित निकालेको छ । मूलपानी क्रिकेट मैदामना शनिबार भएको खेलमा बागमतीले मधेश प्रदेशलाई एक सय ५२ रनले हरायो ।
नुवाकोट क्षेत्र नं. १ मा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार हितबहादुर तामाङ विजयी हुनुभएको छ ।
रोल्पा, मंसिर १० गते। रोल्पाबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (माओवादी केन्द्र) का वर्षमान पुन विजयी हुनुभएको छ।माओवादी उपमहासचिव पुन ४१ हजार सात सय १४ मत ल्याएर विजयी हुनुभएको हो। उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का पूर्ण बुढामगरले १६ हजार चार सय ८५ मत ल्याउनुभएको छ। माओवादीका पुनले एमालेका बुढालाई २५ हजार दुई सय २९ मतान्तरले पराजित गर्नुभएको हो। रोल्पामा २०६४ सालदेखि नै माओवादी विजयी हुँदै आएको छ। पहिलो संविधानसभा चुनावमा पुन ललितपुर–१ बाट विजयी हुनभएको थियो। २०७० सालमा मोरङ ९ बाट पराजित पुन २०७४ सालको चुनावमा रोल्पाबाट विजयी हुनुभएको थियो। अहिले पुन रोल्पाबाट दोस्रो पटक विजयी हुनुभएको हो।
नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनबाट आएको मत परिणामले सहज रूपमा सरकार गठन हुने अवस्था नदेखिएको बताउनुभएको छ । सरकार गठन हुनै गाह्रो भयो भने टिकाउन झन् गाह्रो हुने उहाँको भनाइ छ ।
ब्राजिलको एस्पिरिटो सान्तो राज्यको दुई वटा विद्यालयमा शुक्रबार एक बन्दुकधारीले गोली चलाउँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ भने ११ जना गम्भीर घाइते भएको सीएनएनले ब्राजिलका अधिकारीहरूलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।