• १३ असोज २०८१, आइतबार

गृहमन्त्री खाणद्वारा राप्रपाका नेता बोहोरालाई बधाई

blog

गृहमन्त्री बालकृष्ण खाण । फाइल तस्बिर

काठमाडौं, मङ्सिर १० गते। गृहमन्त्री बालकृष्ण खाणले रुपन्देही क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दीपक बोहोरालाई बधाई दिनुभएको छ। 

सोही क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्नुभएका गृहमन्त्री खाणले आफू पराजित भएपछि निर्वाचित बोहोरालाई टेलिफोनबाट बधाई दिनुभएको हो। गृहमन्त्री खाणले बोहोरालाई सफल कार्यकालको शुभकामना दिनुभएको छ। 

राप्रपा नेता बोहोराले गृहमन्त्री एवम् नेपाली कांग्रेसका प्रभावशाली नेता खाणलाई दुई हजार ६ सय ८१ मतले पराजित गर्नुभएको हो। उक्त क्षेत्रमा बोहोराले ३६ हजार ७१७ मत प्राप्त गर्नुभयो भने खाणले ३४ हजार ३६ मत पाउनुभएको छ।