• १३ असोज २०८१, आइतबार

बाजुरामा शान्तिपूर्ण रुपमा मतदान सम्पन्न

blog

शान्तिपूर्ण तरिकारले मतादान गर्न बूढीनन्दा–५ को स्थानीय मतदाताहरु । तस्बिर : शेरबहादुर सार्की

शेरबहादुर सार्की

बाजुरा, मङसिर १० गते । जिल्लाको बूढीनन्दा नगरपालिका –५ मा स्थगित भएको निर्वाचनमा आज शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको छ । मङ्सिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनबारेमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच विवाद भएपछि मतदान स्थगित गरिएको थियो ।

आज भएको मतदान शान्तिपूर्ण रूपमा सम्पन्न भएको मतदाताहरूले बताएका छन् । मङ्सिर ४ गते स्थगित भएको बूढीनन्दा नगरपालिका–५ को नन्देश्वरी माविमा रहेको मतदान स्थलमा बिहान सात बजेर १५ मिनेटबाट मतदान सुरु भएर बेलुका ५ बजे सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय बाजुराले जनाएको छ ।

जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख नवराज अवस्थीले, ९९९ मतदाता रहेको नन्देश्वरी माविको मतदान स्थलमा ३१२ पुरुष र २८५ महिला गरी जम्मा ५९७ जना मतदाताले मतदान गरेको बताउनुभयो ।

बिहान सवा सात बजेबाट सुरु भएको मतदानस्थलमा बेलुकी ५ सम्म त्यहाँका मतदाताहरूले शान्त र भयरहित वातावरणमा मतदान गर्नुभएको अवस्थीले बताउनुभयो । बूढीनन्दा नगरपालिका वडा ५ को स्थगित भएको मतदानमा पुनः निर्वाचन भएर मतपेटिका मार्तडीमा आइपुगेपछि मतगणनाका विषयमा छलफल हुने जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अवस्थीले बताउनुभयो ।