गत अप्रिलमा विश्वकप फुटबलको ड्र हुँदा जर्मनी र स्पेन एकै समूहमा परेका थिए। त्यसपछि यी दुई बीचको भिडन्तलाई विश्वकपमा समूह चरणको सबैभन्दा ठूलो खेलका रूपमा लिइएको थियो। यी दुई विश्व च्याम्पियन र उपाधि दाबेदारबीचको सो प्रतीक्षित खेल आइतबार अल बायात रङ्गशालामा हुँदैछ।
महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो इनिङ हो ।
विराटनगर–१८, बुधनगरमा निर्माण गरिएको कस्टम यार्ड विस्तार प्रक्रिया अगाडि बढाइएको छ । नेपाल इन्टरमोडल यातायात विकास समितिले कन्टेनर यार्ड, रेल यार्ड र पहुँचमार्ग निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार कन्टेनर र रेल यार्डका लागि ७० करोड रुपियाँको लागत अनुमान गरिएको छ । तत्कालका लागि कस्टम यार्ड र एकीकृत जाँच चौकी (आईसीपी) जोड्ने पहुँचमार्ग विस्तारका लागि ६० लाख रुपियाँको लागत अनुमान गरिएको छ ।
आकृति बिकको महिनावारीको समयमा बिचैमा स्कुल छोडेर घर जानुपर्ने बाध्यता हटेको छ । विद्यालयले स्यानीटरी प्याड दिन थालेपछि ढुक्कले उहाँ पढाइलाई निरन्तरता दिन पाउनु भएको छ ।
लीलाध्वज थापा साहित्य प्रतिष्ठानमा मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा चार वेदलाई नेपाली भाषामा अनुवाद गर्नुहुने तिलकप्रसाद लुइँटेललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरिएको छ । उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा लुइँटेलले लीलाध्वज थापाले धेरै उपन्यास, नाटक, हाँस्यव्यङ्ग्य, कविता आदि लेख्नुभएको र उहाँको उपन्यास सङ्ख्यात्मकभन्दा गुणात्मक भएकाले नै आममानिसमा चर्चित भएको बताउनुभयो ।
हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड जित्नुभएको छ । प्रतियोगितामा मिसेस्तर्फकी सहभागिता परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन हुनुभएको हो भने मिसतर्फकी सहभागी परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जित्न सफल हुनुभयो ।
नेपालमा मात्र नभई संयुक्तराज्य अमेरिकामा समेत चलचित्रले ५१औँ दिनको यात्रा तय गर्दै छ । चलचित्र अस्ट्रेलियाको विभिन्न सहरमा प्रदर्शन भइरहेको छ । एमएसएम इभेन्ट्स सिड्नी, क्यानबेरा, तास्मानिया, मेलबर्नलगायतका सहरहरूमा प्रदर्शन गरिसकेको छ । नोभेम्बर २० देखि युरोपका विभिन्न सहरमा यसलाई प्रदर्शन गरिएको छ । फिल्म मध्यपूर्वी देशअन्तर्गत संयुक्त अरब इमिरेट्स, बहराइन, ओमान, कतारमा आउँदो डिसेम्बर १ देखि प्रदर्शन हुँदै छ ।
महोत्तरीको निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ ।
मङ्सिर ४ मा भएको प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फको मतगणना अन्तिमतिर आइपुगेको छ । त्यस्तै समानुपातिकतर्फको मतगणनाको प्रारम्भिक रुझानले कुनै पनि दल वा गठबन्धनलाई स्पष्ट बहुमत प्राप्त नहुने देखिएको छ । तथापि सङ्घीय सरकार निर्माणका लागि दलहरूले सुरुवाती वार्ता थालेका छन् ।
पहिलो खेलमा साउदी अरबलाई नतिजा सुम्पिएको अर्जेन्टिनाले कतारमा जारी फिफा विश्वकप फुटबलको दोस्रो खेलमा जित निकालेको छ ।
रामेछापको प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) विजयी हुनुभएको छ । तामाङले नेकपा एमालेका कैलाश प्रसाद ढुङ्गेललाई १६ हजार ३६९ मतले पराजित गर्नुभई उहाँ विजयी हुनु भएको छ ।
केलियन एमबाप्पे चम्किएपछि फ्रान्सले कतारमा जारी फिफा विश्वकप फुटबलमा लगातार दोस्रो जित निकालेको छ ।
हालसम्म सार्वजनिक भएको नतिजाका आधारमा प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्षतर्फ करिब पाँच सय जनाले मात्र धरौटी बचाउन सफल भएका छन्। पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचनमा जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने उम्मेदवारले उम्मेदवारी दिँदा सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा बुझाएको धरौटीबापतको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारीका लागि १० हजार रुपियाँ धरौटी राख्नुपर्ने नियम छ।
कर्णाली प्रदेश सरकार गठनका लागि दलहरूको एकल बहुमत पुग्ने सम्भावना कम भएको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनअन्तर्गत कर्णालीको सार्वजनिक मतपरिणामअनुसार दलहरूको एकल बहुमत नपुग्ने देखिएको हो। उसो त सत्तारूढ गठबन्धन र नेकपा (एमाले)बीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। सत्तारुढ गठबन्धनको भागबन्डामै एकल बहुमत आउने सम्भावना छ। निर्वाचनको मतपरिणाम सार्वजनिक भएसँगै सरकार गठनको अड्कलबाजीसमेत भइरहेको छ।
सुदूरपश्चिम प्रदेशमा सत्तारूढ गठबन्धनको सहजै प्रदेश सरकार गठन हुने प्रदेश सभा सदस्यको सङ्ख्या पुग्ने भएको छ। ५३ सदस्यीय सुदूरपश्चिम सभाका प्रत्यक्ष ३२ मध्ये ३० क्षेत्रको परिणाम सार्वजनिक भएको छ। सरकार बनाउन २७ प्रदेश सभा सदस्य आवश्यक पर्नेमा अहिलेसम्म गठबन्धनका दलहरूले प्रत्यक्षका २० सिट जितेका छन्।