• १३ साउन २०८१, आइतबार

महोत्तरी १ (क) बाट एमालेकी थापा विजयी

blog

रवीन्द्र उप्रेती

बर्दिबास, मङ्सिर ११ गते । महोत्तरी क्षेत्र नं १ (क) को प्रदेश सभा सदस्यमा एमालेकी शारदादेवी थापा निर्वाचित हुनुभएको छ । यो उहाँको दोस्रो इनिङ हो । 

थापाले सत्ता गठबन्धन दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवार पीताम्बर महतोलाई ८१९ मतान्तरले पराजित गर्नुभयो । थापाले आठ हजार ३०४ मत प्राप्त गर्नुभएको छ । लोसपाका महतोले सात हजार ५८५ मत ल्याउनुभएको छ । 

स्वतन्त्र उम्मेदवार फाल्गुणकुमार सुस्लिङले चार हजार ५०२ मत प्राप्त गरि तेस्राे स्थानमा हुनुहुन्छ । यो मत परिणामपछि महोत्तरीको ४ वटै निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिम मत परिणामअनुसार प्रदेश सभातर्फको ८ सीटमा लोसपाले ३, एमालेले २, माओवादी, जसपा र स्वतन्त्रले एक एक सीट जितेका छन् ।