• १३ असोज २०८१, आइतबार

प्याड पाएपछि कक्षा छाड्ने छात्राको सङ्ख्या घट्दो

blog

पबिता पौडेल 

सैनामैना,  मङ्सिर ११ गते । आकृति बिकको  महिनावारीको समयमा बिचैमा स्कुल छोडेर घर जानुपर्ने बाध्यता हटेको छ । विद्यालयले स्यानिटरी प्याड दिन थालेपछि ढुक्कले उहाँ पढाइलाई निरन्तरता दिन पाउनुभएको छ ।

सैनामैना १ दुर्गा माध्यमिक विद्यालयका शिक्षिकाहरूले महिनावारी हुँदा स्कुल छोड्नुपर्ने बाध्यता बुझेर पहल गरेपछि सैनामैना नगरपालिकाको सहयोगमा प्याड वितरण गरिएको हो ।

घरको आर्थिक अवस्था निकै कमजोर प्याड किन्न पैसा नहुने स्कुलमा महिनावारी हुँदा  बीचैमा स्कुल छोड्नुपर्दा पढाइ छुट्ने समस्या बताउँदै आकृति भन्नुहुन्छ अहिले धेरै सजिलो भएको छ । एक दिन  पढाइ छुटेको छैन ।

विद्यालयले ३ वर्ष अघिबाट स्यानिटरी प्याड दिन थालेको हो । स्कुलले एक महिनामा एक जना छात्रालाई ६ पिस प्याड दिने आकृति बताउनुहुन्छ । विद्यालयमा महिनावारी हुँदा कसैले कपडामा रगत देख्ने हुन् कि  धेरै पिडा भोगेको तीतो यथार्थ सुनाउँदै छात्रा कृति थापा भन्नुहुन्छ अहिले पहिलाको जस्तो छैन सजिलो भएको छ । 

पहिला वडाको सहयोगमा र स्कुल मिलेर  ५, १० रुपियाँ उठाएर फन्ट बनाएर सकलन गरेर छात्राहरूलाई प्याड दिइएको बताउँदै शिक्षिका मञ्जु आत्रेय भन्नुहुन्छ अहिले नगरपालिकाको कार्यक्रम आएपछि सहयोग हुन थाल्यो सहज भएको छ ।

महिनावारी हुँदा छात्राहरू छुट्टी माग्दै जाने गर्थे यस्तो समस्या देखेर हामीले योजना बनाएर विद्यालयबाटै थालनी गरेका हौ, मञ्जु बताउनुहुन्छ । सैनामैना १० पशुपति माविका प्रधानाध्यापक हरिप्रसाद थापा भन्नुहुन्छ, प्याड वितरण पहिला ९० प्रतिशत छात्रा बीचैमा स्कुल छोडेर जान बाध्य हुन्थे अहिले त्यो समस्या छैन।

सैनामैना नगरपालिकाका नगरप्रमुख फडेन्द्र शर्माले सबै वडाका स्कुलहरूमा स्यानीटरी प्याड किनेर निःशुल्क वितरण गरेको बताउनुभयो ।