• १३ असोज २०८१, आइतबार

परिन्दा र परिसालाई अवार्ड

blog

काठमाडौँ, मङ्सिर ११ गते । हेरिटेज प्याजेन्टस् २०२२ अन्तर्गत मलेसियाको क्वालालम्पुरमा सम्पन्न भएको मिस एन्ड मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ मा नेपालका तर्फबाट प्रतिनिधित्व गरेका परिन्दा परी श्रेष्ठ र परिसा रानाभाटले विधागत अवार्ड जित्नुभएको छ । प्रतियोगितामा मिसेस्तर्फकी सहभागिता परिन्दा परी श्रेष्ठ मिसेस् एलिगेन्स विधामा विजेता चयन हुनुभएको हो भने मिसतर्फकी सहभागी परिसा रानाभाटले मिस मल्टिमिडिया अवार्ड जित्न सफल हुनुभयो ।

इ–प्लानेट प्रालिको आयोजना तथा सीएमके ब्युटी इम्पावर सर्भिसेस्को सहकार्यमा सम्पन्न भएको पाँचौँ संस्करणको हेरिटेज प्याजेन्टस्मा मिसतर्फ रसियाकी ३० वर्षीया एना किरिलिना मिस हेरिटेज इन्टरनेसनल २०२२ का रूपमा विजेता चयन हुनुभयो भने मङ्गोलिया, इन्डोनेसिया, लात्भिया र मलेसियाका सुन्दरीहरू क्रमशः फस्ट, सेकेन्ड, थर्ड तथा फोर्थ रनर्सअप छनोट हुनुभएको थियो ।