• १३ साउन २०८१, आइतबार

महोत्तरी १ गिरिराज मणि पोखरललाई हराउँदै काेइरी विजयी

blog

महेशकुमार दास

जलेश्वर, मङ्सिर ११ गते । महोत्तरीको  निर्वाचन क्षेत्र नं. १ प्रतिनिधि सभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता लझ्मी महतो काेइरी विजयी हुनु भएको छ । 

आइतबार बिहान सम्पन्न सम्पन्न मतगणना परिणाम अनुसार एमाले नेता काेइरी  प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव  गिरिराज मणि पोखरेलसँग एक हजार ३० मतको मतान्तरले विजयी हुनु भएको छ । काेइरीकाे विजयीले नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव  गिरिराज मणि पोखरलेको विरासत गुमेको छ ।  

एमाले र जसपा गठबन्धनका उम्मेदवार रहनु भएका एमाले नेता काेइरीले  २३ हजार ४०२ मत ल्याएर विजयी हुनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका गिरिराज मणि पोखरेलले २२ हजार ३७२ मत ल्याउनु भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।