काठमाडौं महानगरपालिकाका प्रमुख वालेन्द्र साहले कला, संस्कृतिको संरक्षणबाट नै देशको पहिचान स्थापित हुने बताउनुभएको छ ।
गुल्मी क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा गठबन्धनबाट नेपाली कांग्रेसका धनेन्द्र कार्की निर्वाचित हुनुभएको छ।
सिराहा–१ मा नेकपा (एमाले) का उम्मेदवार रामशङकर यादव निर्वाचित हुनुभएको छ ।
स्याङ्जा जिल्लाको क्षेत्र नं. १ को प्रदेश सभा सदस्य (ख) बाट नेकपा (एमाले) का सुधिरकुमार पौडेलले जित निकाल्नु भएको छ ।
सिराहा–३ बाट पूर्वमन्त्री लीलानाथ श्रेष्ठ विजयी हुनुभएको छ । एमालेका उम्मेदवार पूर्व कानुन न्याय तथा संसदीय मामिला व्यवस्थामन्त्री श्रेष्ठले २८ हजार ६४ मत प्राप्त गरी विजयी हुनुभयो ।
मङ्सिर ४ गते भएको निर्वाचनमा स्याङ्जा क्षेत्र नं. १ मा नेपाली काग्रेसका राजु थापा विजयी हुनुभएको छ ।
सप्तरी क्षेत्र ४ को (क) बाट प्रदेशसभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार गोविन्दबहादुर न्यौपाने निर्वाचित हुनुभएको छ । उहाँले एमाले जसपा गठबन्धनको तर्फबाट एमालेका उम्मेदवार रहनुभएका बालकृष्ण चौधरी थारुलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
पाल्पा क्षेत्र नं. १ (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार खेमबहादुर सारु निर्वाचित हुनुभएको छ । सारु १४ हजार २९४ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृतको कार्यालय रामपुरले जनाएको छ ।
स्टार खेलाडी नेयमार घाइते भएपछि ब्राजिललाई कतारमा जारी विश्वकपमा समस्या थपिएको छ । समूह ‘जी’ अन्तर्गत बिहीबार राति सर्बियासँगको खेलमा नेयमार घाइते हुनुभएको हो ।
धनुषा क्षेत्र १ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार रामचन्द्र मण्डल निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनुभएका सञ्जयकुमार सिंहलाई पराजित गरी निर्वाचित हुनुभएको हो ।
धनुषा निर्वाचन क्षेत्र नं. ३ को (ख) बाट प्रदेशसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुर निर्वाचित हुनुभएको छ । उहाँले सत्ता गठबन्धनको तर्फबाट लोसपाका उम्मेदवार रहनु भएका परमेश्वर साहभन्दा एक हजार ४०३ मत बढी ल्याएर निर्वाचित हुनुभएको हो ।
गुल्मी निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका प्रभावशाली नेता डा. चन्द्र भण्डारीले निर्वाचनमा जित र हार हुने कुरालाई निरन्तर प्रक्रियाको रुपमा लिएको बताउनुभएको छ।
पाल्पा क्षेत्र नम्बर १ प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले)का नारायणप्रसाद आचार्य विजयी हुनुभएको छ।
नेपालमा भने पछिल्लो पाँच वर्षमा यसरी पूर्ण स्तनपान गराउनेको सङ्ख्या १० प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।
महोत्तरी क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा लोकतान्त्रिक समाजवादीका शरदसिंह भण्डारी विजयी हुनुभएको छ।