पश्चिम नवलपरासीको प्रदेश निर्वाचन क्षेत्र नम्बर २ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बैजनाथ कलवार निर्वाचित हुनु भएको छ ।
कास्की निर्वाचन क्षेत्र नम्बर १ को (क) मा नेकपा (एमाले)का खगराज अधिकारी विजयी हुनुभएको छ । अधिकारीले नेकपा (माओवादी केन्द्र)का दिपक कोइरालालाई तीन हजार ९९६ मतले पछि पार्दै विजयी बन्नुभएको हो ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ प्रदेश सभा (क) बाट नेकपा (माओवादी केन्द्र) का रमेश धामी प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
कास्की १ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का मनबहादुर गुरुङ विजयी हुनुभएको छ ।
हुम्लाको प्रदेशसभा (क) मा गठबन्धन दलका तर्फबाट नेकपा (माओवादी केन्द्र) का रणसिंह परियार विजयी हुनु भएको छ ।
मोरङ ३ (क)मा नेपाली कांग्रेसका उम्मेदवार मानबहादुर लिम्बू विजयी हुनुभएको छ । लिम्बूले १८ हजार २८६ मतका साथ विजयी हुनु भएको हो ।
उत्तरपूर्वी चीनको सिन्जियाङ् प्रान्तको राजधानी उरुम्कीमा भएको आगलागीमा परेर कम्तीमा पनि १० जनाको ज्यान गएको छ भने अरू नौ जना घाइते भएका छन् ।
प्रदेश सभा सदस्य अन्तर्गत मोरङ १ (क) मा नेकपा एमालेका उम्मेदवार उमाकान्त गौतम विजयी हुनुभएको छ । मोरङ १ को निर्वाचन अधिकृतको कार्यालय उर्लाबारीले घोषणा गरेको अन्तिम मत परिणाम अनुसार गौतम १३ हजार ५३१ मत प्राप्त गरी विजयी हुनु भएको हो । ५८ वर्षीय गौतम उर्लाबारी–८ का पुराना कम्युनिस्ट भित्र पर्नुहुन्छ ।
कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट नेपाली कांग्रेसका डिल्लीराज पन्त प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनु भएको छ ।
महिला हिंसाविरुद्धको १६ दिने अभियान आजदेखि सुरु भएको छ । महिला तथा बालबालिका मन्त्रालयको आयोजनामा काठमाडौँ उपत्यका लगायत देशैभरका विभिन्न स्थानमा र्याली सहित कार्यक्रम गरी अभियानको सुरुवात गरिएको छ ।
कास्की ३ बाट एमालेका दामोदर पौडेल वैरागी निर्वाचित हुनुभएको छ । गण्डकीका बहालवाला अर्थमन्त्रीलाई ५ हजार ४ सय ४५ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो । एमालेका वैरागी र माओवादीका रामजी बराल जीवनको प्रतिस्पर्धालाई निकै रोचक ढङ्गले हेरिएको थियो ।
अर्थशास्त्री एडम स्मिथले मानिसले आर्जन गर्ने दक्षता तथा योग्यतालाई ‘पुँजी’ भने, मानवीय पुँजी । नोबेल पुरस्कार विजेता भारतीय अर्थशास्त्री अमत्र्य सेनले भने– मानिसलाई क्षमताको उच्चतम तहमा पुग्न सक्षम बनाउने क्रिया नै विकास हो । कुनै जमना थियो सडक, पुल, जहाज मैदान, बाँध वा ठूला भवन बनाइनु नै विकास हो अर्थात् भौतिक संरचना बनाउनु विकास हो । क्रमशः विकासका परिभाषा र अवधारणामा परिवर्तन आए । भन्न थालियो– आर्थिक वृद्धि विकास हो, विद्यमान अवस्थाभन्दा उन्नत अवस्थामा पुग्नु विकास हो, चाहना र उपलब्धताबीचको दूरी जति कम हुन्छ त्यो विकास हो, मानवीय क्षमता बढ्नु विकास हो ।
बाँके १ क बाट नेकपा (माओवादी केन्द्र)की नेत्री कृष्णा केसी लुम्बिनी प्रदेशसभामा पुनः निर्वाचित हुनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न भएको आमनिर्वाचनमा विवाद भएका क्षेत्रमा अनुसन्धान भइरहेको निर्वाचन आयोगले जनाएको छ ।
बाँके क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य ढकाल विजयी हुनुभएको छ ।