काठमाडौं महानगरपालिकाले महानगरको साँघुरा गल्लीमा पाइपलाइन बिछ्याउन सुरु गरेको छ।
तेह्रथुम प्रदेशसभा (ख) मा (नेकपा माओवादी केन्द्र) का दुर्गाप्रसाद चापागाईँ प्रदेश सभा सदस्यमा विजयी हुनुभएको छ । ३९४ मतान्तरले प्रदेश सभा सदस्यमा चापागाईँ विजयी हुनुभएको हो ।
अर्थमन्त्री जनार्दन शर्मा रुकुम पश्चिमबाट प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको छ । बाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट उम्मेदवार हुनुभएका नेकपा माओवादी केन्द्रका उपमहासचिव शर्मा रुकुम पश्चिमबाट चौथो पटक निर्वाचित हुनुभएको हो ।
काठमाडौँ महानगरपालिकाले एक वर्षका लागि म्यादी प्रहरी राख्ने भएको छ। काठमाडौँ महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले सहरी व्यवस्थापन, फुटपाथ नियन्त्रण, होडिङ बोर्ड र परिचय पाटी हटाउन म्यादी प्रहरी राख्न लागिएको बताउनुभयो।
मतगणनाको अन्तिम नतिजा सार्वजनिक भएसँगै पाँचथरबाट प्रतिनिधिसभा सदस्यमा नेपाल कम्युनिस्ट पार्टी (एमाले) उम्मेदवार वसन्तकुमार नेम्बाङ विजयी हुनु भएको छ ।
सङ्खुवासभा प्रदेशसभा (क) बाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राजेन्द्र कार्की विजयी हुनुभएको छ ।
चितवन–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेविरुद्धको नागरिकतासम्बन्धी उजुरीको निर्णय निर्वाचन आयोगको क्षेत्राधिकारमा नपर्ने भएको छ। निर्वाचन परिणाम प्रकाशित भइसकेपछि उम्मेदवारको अयोग्यतासम्बन्धी उजुरीको निर्णय आफ्नो क्षेत्राधिकारभित्र नपर्ने आयोगले जनाएको छ।
सर्लाहीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवार डा. अमरेशकुमार सिंह निर्वाचित हुनुभएको छ ।
प्रदेश र स्थानीय तहमा एक कार्यकाल अर्थात् कम्तीमा दुई वर्ष सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने भएको छ। सरकारले कर्मचारी समायोजन सम्पन्न गरे पनि प्रदेश र स्थानीय तहमा कर्मचारी जान नमान्ने र अनेक बहानामा पुनः सङ्घमा नै फर्किन थालेपछि प्रदेश र स्थानीय तहमा दुई वर्ष सेवा गरेपछि मात्र कर्मचारीको बढुवा हुने व्यवस्था गर्न लागिएको हो।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन मङ्सिर ११ गतेदेखि खुला हुने भएको छ। यातायात व्यवस्था विभागले मङ्सिर १ गतेदेखि बन्द गरेको अनलाइन आवेदन ११ दिनपछि खुला गर्ने भएको हो।
सुदूरपश्चिम प्रदेशका प्रतिनिधि सभाका १६ मध्ये अहिले ११ क्षेत्रको परिणाम सार्वजनिक भएको छ । चार क्षेत्रको मतगणना भइरहेको छ । बाजुराको एक मतदान स्थलमा भने मङ्सिर १० गते मतदान भएपछि मात्र गणना हुने सम्भावना छ । अहिलेसम्मको परिणामअनुसार नेपाली कांग्रेसले छ, नेकपा (एकीकृत समाजवादी) तीन र नागरिक उन्मुक्ति पार्टीले दुई क्षेत्रमा विजय हासिल गरेका छन् ।
विश्वकप फुटबलमा पोर्चुगलले घानालाई ३–२ गोलअन्तरले पराजित गरेको हो।
कतारमा जारी विश्वकप फुटबल प्रतियोगितामा रिचार्लिसनले उत्कृष्ट खेल प्रदर्शन गरेपछि ब्राजिलले विजयी सुरुआत गरेको छ ।
चर्चित उद्योगपति विनोद चौधरी लुम्बिनी प्रदेशको नवलपुर (पश्चिम) क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
बर्दिया–१ प्रतिनिधि सभामा नेपाली कांग्रेसका सञ्जयकुमार गौतम विजयी हुनु एको छ ।