नेपाली कांग्रेसका नेता शशाङ्क कोइराला लगातार चौथो पटक नवलपरासी (बर्दघाट सुस्ता पूर्व) १ बाट विजयी हुनुभएको छ ।
डडेल्धुराको प्रदेश सभा (क) मा नेकपा (माओवादी केन्द्र) का खगराज भट्ट विजयी हुनुभएको छ । उहाँले १२ हजार ११२ मतका साथ विजयी हुनुभएको हो ।
डोल्पा प्रदेश निर्वाचन क्षेत्र (क) बाट नेकपा एमालेका उम्मेदवार शेरबहादुर बुढा भारी मतले प्रदेश सभासदस्यमा निर्वाचित हनुभएको छ ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. १ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का दीपकबहादुर सिंह विजयी हुनुभएको छ ।
झापा क्षेत्र नम्बर ४ मा एमालेका लालप्रसाद साँवा (एलपी) विजयी हुनुभएको छ । साँवाले नेपाली कांग्रेसका उम्मेदवार कांग्रेस जिल्ला सभापति देउकुमार थेबेलाई ६ हजार ८६७ मतअन्तरले पराजित गर्दै साँवा बिजयी हुनुभएको हो ।
रौतहटको गौरमा बुधबार राति आगलागी हुँदा तीन बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । मृत्यु हुने बालबालीकै एकै परिवारको रहेको प्रहरीले जनाएको छ ।
इलाम जिल्ला निर्वाचन क्षेत्र १ को मतगणना कार्य अझ सुचारु हुन सकेको छैन । मङ्गलबार राति १० बजेबाट अवरुद्ध मतगणना कार्य निर्वाचन अधिकृतको त्रुटीका कारण सुचारु हुन नसकेको बताइएको छ ।
काठमाडौं महानगरपालिका–१८ नरदेवीस्थित सुन बनाउने कारखानाबाट विभिन्न सुनका गरगहना चोरी भएको छ ।
झापा ५ (क) बाट प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का होमबहादुर थापा विजयी हुनुभएको छ । नेकपा (मावोबादी केन्द्र) का गगन पुरीलाई पराजित गर्दै थापा बिजयी हुनु भएको हो । थापाले २४ हजार १२९ मत प्राप्त गर्नुभएको छ ।
एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बैतडीमा नेकपा (माओवादी केन्द्रका) का उम्मेदवार नरेन्द्र कुँवर (विजयसुन्दर) ले अग्रता लिनुभएको छ ।
भक्तपुर क्षेत्र नं १ प्रदेशसभा (ख) मा नेपाल मजदूर किसान पार्टीका उम्मेदवार सुरेन्द्रराज गोसाइँ विजयी हुनुभएको छ ।
कपिलवस्तुको क्षेत्र नं. २ को प्रदेश सभा (क) मा नेकपा (एमाले) का नवराज लामिछाने विजयी हुनु भएको छ । लामिछानेले आफ्ना प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार विक्रम सिंह थापालाई ५२२ मत अन्तरले पराजित गर्दै विजयी हुनुभएको हो ।
चितवन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने भारी मतान्तरले निर्वाचित हुनुभएको छ ।
बाँके क्षेत्र नम्बर १ को मतगणना अन्तिम चरणमा पुग्दा एमालेका केन्द्रीय सदस्य सूर्य ढकालले अग्रतालाई फराकिलो पार्दै गएका छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (क) बाट नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार कैलाश चौधरी विजयी हुनुभएको छ । चौधरीले १५ हजार १०१ मत प्राप्त गर्नुभएको छ ।