रसुवाबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका मोहन आचार्य विजयी हुनुभएको छ ।
चितवन क्षेत्र नं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का हरि ढकाल निर्वाचित हुनुभएको छ । नेकपा (एमाले)का सुरेन्द्रप्रसाद पाण्डेलाई सात हजार ५८१ मतले पछि पर्नुहुँदै ढकाल विजयी हुनुभएको हो ।
कञ्चनपुर क्षेत्र नं. १ प्रदेशसभा १ (ख) मा गठबन्धनका उम्मेदवार कांग्रेसका दिवानसिंह बिष्ट बिजयी हुनुभएको छ । एमालेका उम्मेदवार पल्लबराज भट्टलाई हराउँदै बिष्ट निर्वाचित हुनुभएको हो ।
भ्याली पब्लिक माविको आयोजनामा १५औं माछापुच्छ्रे भ्याली पब्लिक कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) र राष्ट्रिय खेलाडी कल्याणकारी कोषले ब्लड क्यान्सरको उपचार गराईरहनु भएका राष्ट्रिय फुटबल खेलाडी प्रिजेन तामाङलाई बिहीबार आर्थिक सहयोग प्रदान गरेको छ ।
कञ्चनपुर क्षेत्र नं. ३ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार बेलबहादुर रानामगर विजयी हुनुभएको छ । राना मगरले १६ हजार १५२ मत ल्याएर निर्वाचित हुनुभयो ।
कालीकोट प्रदेश सभा (क) मा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका केन्द्रीय सदस्य दुर्गवहादुर रावत बिजयी हुनुभएको छ । गठबन्धनका उम्मेदवार रावतले ९ हजार १२ मत प्राप्त गर्दै एमालेका कुर्मराज शाहीलाई पराजित गर्नुभएको हो ।शाहीले ७ हजार ९५२ मत प्राप्त गदै उपबिजेता बन्नुभयो ।
रौतहट क्षेत्र नं. ३ को प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका उम्मेदवार सुनिलकुमार यादव विजयी हुनुभएको छ ।
झापा ५ (क) मा नेकपा (एमाले) का नेता एबम् प्रदेश १ सरकारका पूर्वमन्त्री हिक्मत कार्की विजयी हुनुभएको छ । गठबन्धनको तर्फबाट उम्मेदवार बन्नु भएका नेपाली काङ्ग्रेसका जीवन रार्इलाई पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
दाङ निर्वाचन क्षेत्र नं १ (ख) प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका अनुराग खड्का निर्वाचित हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार कुलबहादुर केसीलाई तीन हजार ५२ मतान्तरले पराजित गर्नुभएको हो ।
धनकुटाको प्रदेशसभामा नेकपा (एमाले) विजयी भएको छ। प्रदेशसभा (क) र (ख) मा एमाले विजयी भएको हो।
गण्डकी प्रदेश सभा सदस्यमा कांग्रेसका बिन्दुकुमार थापा विजयी हुनुभएको छ । उहाँ कास्की २ (ख) बाट विजयी हुनुभएका हो । एमालेकी मिना गुरुङलाई १ हजार ३ सय १० मतान्तरले उहाँ पराजित गर्नुभएको हो ।
गण्डकी प्रदेशका प्रतिनिधिसभाअन्तर्गत १८ निर्वाचन क्षेत्र र प्रदेशसभाअन्तर्गत ३६ निर्वाचन क्षेत्रमध्ये अधिकांशको नतिजा सार्वजनिक भएको छ ।
विश्वकपमा आफ्नो टोलीले जितेपछि समर्थकले के गर्लान् ? यस प्रश्नको सहज उत्तर तत्काल हुटिङ गर्ने, खेल जितेको खुशीयालीमा पार्टी र रमाइलो गर्ने । तर, कतारमा जारी विश्वकपमा जापानका समर्थकले खेल जितेसँगै रंगशालाको प्यारापिटमा रहेका फोहोर संकलन गरेका छन् ।
धनकुटाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का राजेन्द्रकुमार राई निर्वाचित हुनुभएको छ ।