प्रदेश सभा सदस्यतर्फको पाल्पा क्षेत्र नम्बर १ (क) मा नेकपा (एमाले) का राजुप्रसाद श्रेष्ठ निर्वाचित हुनुभएको छ । श्रेष्ठ १७ हजार ६२४ मतसहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
जिल्लामा प्रतिनिधि सभा र प्रदेश सभा अन्तर्गत एमाले विजयी भएको छ । एक प्रतिनिधि सभा र दुई प्रदेश सभाको अन्तिम परिणाम अनुसार तीनै स्थानमा नेकपा एमालेका उम्मेदवार विजयी हुनुभएको छ ।
दूरपश्चिम प्रदेश सभाको सदस्यमा अछाम–२ को ‘क’ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका अक्कलबहादुर रावल विजयी हुनुभएको छ ।
सल्यान प्रदेश सभा क्षेत्र नम्बर १ (ख) मा नेपाली कांग्रेसका सुरेश अधिकारी तीन हजार ७९० मतान्तर विजयी हुनुभएको छ ।
सबै महादेशमा पालैपालो विश्वकप आयोजना गर्ने फिफाको नीतिअनुसार अफ्रिकी महादेशको दक्षिण अफ्रिकाले सन् २०१० मा विश्वकप आयोजना ग-यो। अफ्रिकाका पाँच देशले आयोजनार्थ आ–आफ्नो प्रस्ताव राखेका थिए। फिफाको कार्यकारी कमिटीले संयुक्त आयोजना नगराउने निर्णय लिएपछि ट्युनिसिया पछाडि हट्यो भने लिबियाको एकल प्रस्तावले प्रस्तावित मापदण्ड पूरा गर्न नसकिने देखियो। यी दुई राष्ट्रको प्रस्ताव असफल भएपछि सन् २००४ मा फिफामा भएको मतदानबाट दक्षिण अफ्रिकालाई आयोजना अधिकार प्रदान गरियो, मोरक्को र इजिप्ट असफल भए।
मकवानपुरको प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा लोकतान्त्रिक बाम गठबन्धनबाट उम्मेदवार बन्नुभएका विरोध खतिवडालाई पराजित गर्दै नेकपा (एमाले) का महेश बर्तौला निर्वाचित बन्नुभएको छ ।
पहाडी बाटोमा एकनासले गुडिरहेको थियो हाम्रो जिप । हामी सात जना स्रष्टाहरू खोटाङको दिक्तेलबाट भोजपुरतिर गइरहेका थियौँ । ठाउँठाउँमा पैह्रो गएर बाटोमा हिलोेमाटो बगिरहेको थियो । हाम्रो गुरुजी भने अलिकति पनि नडराईकन जिप चलाइरहेका थिए । हाम्रो भने ओठतालु सुकिसकेको थियो । कोही कसैसँग बोल्न सकिरहेका थिएनौँ । कोही अगाडिको बाटोतिर हेरिहेका थिए । कोही हिलाम्मे बाटोतिर । कोही चर्कोसँग परिरहेको पानीमा ध्यान दिइरहेका थिए । कोही सडकछेउको भीर हेरेर डराइरहेका थिए । जिपको अलिकति मात्र पनि नियन्त्रण बिग्रियो भने सिद्धिन्थ्यौैँ सबैजना एकैसाथ । यात्रा हुनसम्मको त्रासदी बनिरहेको थियो ।
कैलाली क्षेत्र नम्बर ४ बाट गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका वीरबहादुर बलाएर प्रतिनिधि सभा सदस्यमा विजयी हुनु भएको छ ।
लाग्छ एउटा खण्डेथालजस्तो छ ताज्मानियाको लन्सेस्टन । होचाहोचा घरहरू सानो रुखमा लटरम्म फलेका आँपजस्ता लाग्छन् यहाँका घरहरू । सहरमा एकतर्फी गुड्छन् गाडीहरू । उक्लिँदा उक्लिँदै ओर्लिन्छन् र ओर्लिंदा ओर्लिसक्छन् सडकहरू । गाडी चालकहरूले ख्याल गर्नु जरुरी छ । नियमापत्ति कतिखेर सडक बत्तीले दिन्छ । नियममा बाँधिनु स्थानविशेषको आफ्नै कुरा हो । पालन गरौँ ।
कालिकोट (क) मा नेकपा (माओवादी केन्द्र) बाट गठबन्धनका साझा उम्मेदवार दुर्ग रावत निर्वाचित भएका छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले पराजित गर्नुभयो ।
बागमती प्रदेश सभा तर्फ चितवन २ (क) वाट नेकपा एमालेका उम्मेदवार कृष्णप्रसाद सिलवाल निर्वाचित हुनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्की विजयी हुनुभएको छ।
प्रतिनिधि सभा क्षेत्र नम्बर १ (ख) मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरल सहयात्री पौडेल निर्वाचित हुनु भएको छ ।
तनहुँको प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसका अशोककुमार श्रेष्ठ भारी मतान्तरले विजयी हुनु भएको छ ।
रुपन्देही जिल्लाको प्रतिनिधि सभा क्षेत्र नम्बर ५ को पछिल्लो मत परिणाम अनुसार नेकपा (एमाले) उम्मेदवार वासुदेव घिमिरेले फराकिलो मतान्तरले विजयी हुनुभएको छ ।