काठमाडौं क्षेत्र नं. ५ (ख) मा नेपाली कांग्रेसका उम्मेदवार श्यामबहादुर खड्का विजयी हु भएको छ ।
जाजरकोटबाट प्रतिनिधि सभा सदस्यमा वाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट (नेकपा माओवादी केन्द्र) का शक्तिबहादुर बस्नेत विजयी हुनुभएको छ ।
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) फराकिलो मतले विजयी हुनुभएको छ ।
पर्सा क्षेत्र नं ३ बाट नेकपा (एमाले) का राजकुमार गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको छ । निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्रप्रसाद चौधरीलाई १५१ मतले पराजित गर्दै गुप्ता विजयी हुनुभएको हो ।
अर्घाखाँचीबाट प्रतिनिधि सभामा नेकपा (एमाले) का उम्मेदवार टोपबहादुर रायमाझी विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा सदस्यमा नेकपा (एमाले) का सूर्य थापा प्युठानबाट निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार थापाले ४१ हजार ११८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
सोलुखुम्बुको प्रदेश सभा (ख) मा नेकपा (एमाले) का बुद्धिकुमार राजभण्डारी दोस्रो कार्यकालका लागि विजयी हुनुभएको छ ।
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नम्बर १ (क) बाट नेपाली कांग्रेसका उम्मेदवार विश्वप्रेम पाठक विजयी हुनुभएको छ ।
अर्घाखाँचीमा प्रदेश सभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार रामजिप्रसाद घिमिरे विजयी हुनुभएको छ । घिमिरेले २२ हजार ७ सय ७६ मत ल्याएर विजयी हुनुभएको हो ।
झापा क्षेत्र नम्बर २ मा नेकपा (एमाले) का देवराज घिमिरे विजयी हुनुभएको छ । बुधवार राति सम्पन्न अन्तिम मतगणनामा एमालेका प्रदेश नम्बर १ का इन्चार्ज समेत रहनुभएका घिमिरेले स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपाल स्वागतलाई २२५६ मतले पराजित गर्नुभयो ।
रुपन्देही –४ को प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सर्वेन्द्रनाथ शुक्ला निर्वाचित हुनुभएको छ ।
जुम्ला जिल्लाको निर्वाचन क्षेत्र नं. १ (क) बाट प्रदेश सभा निर्वाचनमा गठबन्धनलाई पछि पार्दै स्वतन्त्र उम्मेदवार देवेन्द्रबहादुर शाही विजय हुनुभएको छ ।
बैतडी प्रदेशसभा (ख) मा नेपाली कांग्रेसका शिवराज भट्ट विजयी हुनुभएको छ।
सर्लाहीको क्षेत्र नम्बर १ (क) बाट प्रदेशसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उपेन्द्र महतो निर्वाचित हुनुभएको छ।
कञ्चनपुर क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेका रमेश लेखक विजयी हुनुभएको छ। लेखकले एमालेकी निरुदेवी पाललाई १२ हजार ७५ मतले पराजित गर्नुभएको हो। लेखकले ३० हजार ५४४ मत ल्याउनुभयो भने पालले १८ हजार ४४८ मत पाउनुभयो।