झापाको क्षेत्र नम्बर १ (ख) प्रदेशसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की सबिना बजगाई निर्वाचित हुनुभएको छ। नेकपा (एमाले)को समर्थनमा बजगाई विजयी हुनुभएको हो।
पश्चिम नवलपरासी क्षेत्र न २ को (क) बाट स्वतन्त्र उम्मेदवार खड्ग बस्नेत बिजयी हुनुभएको छ । वस्नेतले १२ हजार ४ सय ४९ मत ल्याएर विजयी हुनुभएको हो । वस्नेत पानीको धारा चुनाब चिन्ह लिएर चुनावी मैदानमा हुनुहुन्थ्यो । उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका आशिष प्रधानले १२ हजार ३ सय ७७ मत ल्याउनुभयो ।
धरानमा प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नियुक्त गरिएका म्यादी प्रहरीहरुको बिहीबार एक कार्यक्रमबीच बिदाई गरिएको छ । प्रदेश र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि सरकारले देशभरीबाट जिल्ला प्रहरी कार्यालयमार्फत् भर्ना गरेको थियो ।
झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी हुनुभएको छ। शर्मा ३९ हजार ६२४ मत ल्याएर विजयी हुनुभएको हो।
बर्दिया निर्वाचन क्षेत्र नं. १ प्रदेश सभा (क) मा नेपाली कांग्रेसका भुवनेश्वर चौधरी विजयी हुनुभएको छ । चौधरीले नेकपा (एमाले) का सालिकराम अधिकारीलाई ११९ मतान्तरले पछि पार्दै विजयी हुनुभएको हो ।
अछाम क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार पुष्पबहादुर शाह विजयी हुनुभएको छ। शाह छ हजार ८४० मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पिताम्बर शर्माले जानकारी दिनुभयो।
पूर्व प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली झापा क्षेत्र नं. ५ बाट फराकिलो मतान्तरले विजयी बन्नु भएको छ । २८ हजार ५७६ मतान्तरले अध्यक्ष ओली विजयी बन्नुभएको हो ।
बाराको निर्वाचन क्षेत्र नम्बर-४ प्रदेशसभा (क) मा नेकपा (एमाले)का उम्मेदवार देवनारायण चौधरी निर्वाचित हुनुभएको छ।
इलामको दुई निर्वाचन क्षेत्रमा भइरहेको मतगणना स्थगित भएको छ । इलाम क्षेत्र नं २ मा साढे ३ बजेदेखि मतगणना स्थगित भएको हो ।
झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका गोपाल तामाङ विजयी हुनुभएको छ।
नेकपा (एमाले) को तर्फबाट रुपन्देही क्षेत्र नम्बर ५ (क) बाट प्रदेश सभामा उम्मेदवारी दिनुभएका भूमिश्वर ढकाल विजयी हुनुभएको छ । एमालेका उम्मेदवार ढकाल १९ हजार ७८ मत ल्याएर विजयी बन्नुभयो ।
राधा लुइँटेलफिदिम, मङ्सिर ७ गते। पाँचथर प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेस र नेकपा (एमाले)बीच चर्को प्रतिस्पर्धा भएको छ। कांग्रेसका भीष्मराज आङ्देम्बे र एमालेका वसन्तकुमार नेम्बाङबीचको प्रतिस्पर्धा रोचक बनेको हो। २५ हजार १ सय ८८ मत गणना हुँदा आङ्देम्बेले ९६ मतले नेम्बाङलाई पछाडि पार्नुभएको छ। आङ्देम्बेले १० हजार ८ सय ३ मत प्राप्त गर्दा नेम्बाङले १० हजार ७ सय ७ मत पाउनुभएको छ। प्रदेशसभा (क)मा जबेगुलाई अग्रताप्रदेशसभा (क)मा कमलप्रसाद जबेगुले अग्रता लिनुभएको छ। उहाँ ३२१ मतले अगाडि हुनुहुन्छ। एकीकृत समाजवादीका जबेगुले ९ हजार ८ सय २७ मत प्राप्त गर्दा नेकपा (एमाले)का राजकुमार भण्डारीले ९ हजार ५ सय ६ मत ल्याउनुभएको छ। प्रदेशसभा (ख)मा आङ्बोको अग्रताप्रदेशसभा (ख)मा (माओवादी केन्द्र)का इन्द्रबहादुर आङ्बोले अग्रता बढाउनुभएको छ। आङ्बोले ११ हजार ९ सय ५ मत प्राप्त गर्नुभएको छ। एमालेका अइन्द्रकुमार नेम्बाङले ९ हजार १ सय ८३ मत पाउनुभएको छ। आङ्बो र नेम्बाङबीचको मतान्तर दुई हजार ७ सय २२ पुगेको छ।
क्रोएसिया र मोरोक्कोले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अङ्क बाँडेका छन् । समूह ‘एफ’ अन्तर्गत बुधबार भएको खेलमा क्रोएसिया र मोरोक्को गोलरहित बराबरीमा रोकिएको हो ।
काठमाडौं जिल्लाको निर्वाचन क्षेत्र नं ४ को प्रदेशसभा (क)मा प्रदेश सदस्यमा नेपाली कांग्रेसका श्रीराम लामिछाने विजयी हुनुभएको छ ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा जसपाका उम्मेदवार प्रदीप यादव विजयी हुनुभएको छ।