• १२ असोज २०८१, शनिबार

झापा १ को प्रदेशसभा (क) मा कांग्रेसका गोपाल तामाङ विजयी

blog

नेपाली कांग्रेसका गोपाल तामाङ । फाइल तस्बिर

विष्णुप्रसाद पोखरेल 

दमक, मङ्सिर ७ गते । झापा क्षेत्र नम्बर १ प्रदेशसभा (क) मा नेपाली कांग्रेसका  गोपाल तामाङ विजयी हुनुभएको छ। 

निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का रबिन कोइरालालाई चार हजार ३८८ मतान्तरले पराजित गर्दै तामाङ विजयी हुनुभएको हो। तामाङले २३ हजार ४५ मत पाउँदा कोइरालाले १८ हजार ६५८ मत प्राप्त गर्नुभएको छ।