ञ्चनपुर क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यमा वाम–लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता नारायण प्रकाश साउद विजयी हुनु भएको छ ।
खोटाङ प्रदेशसभा ‘ख’ मा वाम गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका भूपेन्द्र राई विजयी हुनुभएको छ ।
स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्येबाट उत्कृष्ट करदाताका रूपमा नोबेल मेडिकल कलेज टिचिङ अस्पताल सम्मानित भएको छ । डा. सुनीलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको हो ।
मुलुकको आयात निर्यात घट्दो क्रममा छ । सरकारले आयात निरुत्साहनको नीति लिएका कारण आयात घटे निर्यात पनि घट्नुले चिन्ता थपिदिएको छ । विदेशी मुद्रा सञ्चितिमा दबाब परेपछि सरकारले लिएको आयात निरुत्साहन नीति र अन्य आन्तरिक तथा बाह्य कारणले वस्तु र सेवाको माग खुम्चिएकाले आयात १८ प्रतिशतले खुम्चिएको भन्सार विभागले बुधबार सार्वजनिक गरेको तथ्याङ्कले देखाएको हो । गत आर्थिक वर्षको सोही अवधिमा छ खर्ब ५० अर्ब रुपियाँको आयात भएकामा समीक्षा अवधिमा पाँच अर्ब ३२ करोड रुपियाँमा सीमित भएको छ । आयात कम हुँदा विदेशी मुद्रा सञ्चितिमा भने केही सुधार आएको छ ।
फिफा विश्वकप अन्तर्गत समूह ‘ई’ को आफ्नो खेलमा स्पेनले कोस्टारिकामाथि गोलको वर्षा गरेको छ । अल थुमामा स्टेडियममा बुधबार राति भएको खेलमा स्पेनले कोस्टारिकालाई ७-० गोलले हरायो ।
मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नं. २ को (क) बाट वाम गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार कुमारी मुक्तान निर्वाचित हुनुभएको छ ।
आईएमई पे र बिग डिजिटलबीच समझदारी भएको छ । समझदारीअनुसार कतारमा जारी विश्वकप फुटबलका अवसरमा टेलिभिजन सेटको खरिदको भुक्तानी आईएमई पेको क्यूआर स्क्यानबाट गर्दा ग्राहकले एक हजार रुपियाँ छुट पाउनेछन् । यसबाहेक ग्राहकले पाँच हजार रुपियाँसम्मको कुपन र स्पिकर पनि पाउने सम्झौतामा उल्लेख छ । यो योजना विश्वकप अवधिभर कायम रहनेछ ।
रौतहट क्षेत्र नं. १ को प्रदेशसभा (क) बाट वाम गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्र साह एक हजार ६३९ मतले विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्रतिनिधि सभातर्फ कुल सिट सङ्ख्याको करिब २५ प्रतिशतको नतिजा आइसकेको छ। यद्यपि हालसम्मको मतपरिणाममा राष्ट्रिय राजनीतिमा विगतमा ख्याति कमाएका थुप्रै चर्चित उम्मेदवार पराजित भएका छन्।
म्याग्दीको प्रदेशसभा (क) मा गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का युवा नेता हरि भण्डारी विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा र प्रदेश सभाको मतपरिणाम सार्वजनिक भएसँगै आगामी सरकार निर्माण र संसद् अधिवेशनको चासो बढेको छ। निर्वाचन आयोगले मङ्सिर २२ गतेसम्ममा निर्वाचनको अन्तिम परिणाम बुझाउने यसअघि नै बताइसकेको छ। आयोगले तयारी गरेको समयसीमामा अन्तिम परिणाम प्राप्त भएमा संसद् अधिवेशन बोलाउने बाध्यात्मक संवैधानिक समयसीमा प्रारम्भ हुनेछ। निर्वाचन आयोगले राष्ट्रपतिसमक्ष अन्तिम परिणाम बुझाएपछि प्रक्रिया प्रारम्भ हुनेछ।
सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन । निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका लागि मङ्सिर ४ गते भएको निर्वाचन सुरक्षामा खटिएका एक लाख १५ हजार म्यादी प्रहरी (अस्थायी)को बिहीबार बिदाइ गरिँदै छ । गृह मन्त्रालयले तयार पारेको विशेष सुरक्षा योजनाअन्तर्गत निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी भर्ना गरिएको थियो । नेपाल प्रहरीले गत असोज ३० गते ७७ वटै जिल्लाबाट एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गरेको थियो ।
सल्यानबाट प्रतिनिधि सभा सदस्यमा नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला विजयी हुनुभएको छ ।
सल्यान प्रदेश सभा क्षेत्र नम्बर (क) बाट नेकपा माओवादीका केन्द्रीय सदस्य भीम प्रकाश शर्मा विजयी हुनुभएको छ ।