कतार विश्वकपमा समूह चरणको खेल सुरु हुनुअघिनै पोर्चुगलका कप्तान एवं विश्व चर्चिच स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेटसँगको सम्झौता रद्द गर्नुभएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा अन्तर्गतमा मङ्सिर ४ गते भएको निर्वाचनको परिणाम तीव्र गतिमा आउन थालेको छ । गण्डकी प्रदेशको १८ संघीय निर्वाचन क्षेत्रमध्ये मुस्ताङ, मनाङ र तनहुँ –२ को नतिजा कांग्रेसको पक्षमा आइसकेको छ भने अन्य स्थानको मतगणना अन्तिम स्थानमा पुगेको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नंं ६ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनाल विजयी हुनुभएको छ ।
समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ ।
सप्तरी क्षेत्र नम्बर ३ को प्रदेशसभा (ख)मा जनमत पार्टीका उम्मेदवार शम्भु साह विजयी हुनुभएको छ । साहले १० हजार ८६२ मत प्राप्त गर्नुभएको छ ।
मङ्सिर ४ गते भएकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा काठमाडाैं उपत्यकामा निर्वाचित हुनुभएका उम्मेदवारहरूकाे विजय जुलुस निकालिएकाे छ । विजय जुलुसमार्फत् विजयी उम्मेदवारहरूले सहयाेग गर्नुभएका मतदाताहरूलाई सधन्यवाद दिनुभयाे ।
बर्दिया क्षेत्र नं. २ मा प्रतिनिनिधि सभा सदस्यमा स्वतन्त्र उमेदवार लालवीर चौधरी विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नगेन्द्र लम्सालका अनुसार २६ हजार ५२० मतसहित चौधरी विजयी हुनुभएको हो ।
डाक्टर सुनिलकुमार शर्माले नेतृत्व गरेको विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ् हस्पिटल यस वर्षको स्वास्थ्य तथा शिक्षा सेवा प्रदायकमध्ये सबैभन्दा बढी आयकर तिर्ने संस्थाको सम्मानित भएको छ ।
डोटी प्रदेश सभा (क) मा एमाले उम्मेदवार चक्रबहादुर मल्ल विजयी हुनुभएको छ । नेकपा (एमाले) का जिल्ला अध्यक्ष समेत रहनुभएका मल्लले कांग्रेस जिल्ला सभापति नरेन्द्रबहादुर सिंहलाई सामान्य मतान्तरले पराजित गर्नुभएको हो ।
कतार विश्वकपको माहोल विस्तारै तातेको छ । सहभागी सबै टोलीले समूहको पहिलो खेल खेल्ने क्रम जारी छ । तर, पहिलो खेलमै प्राप्त गरेको जितको उत्साह मनाउने क्रम पनि सुरु भएको छ ।
गुल्मी क्षेत्र नं २ को प्रदेश सभा (क) मा एमालेका डिल्लीराज भुसाल विजयी बन्नुभएको छ । भुसालले गठबन्धनको तर्फबाट उम्मेदवार बन्नुभएका कांग्रेसका भुवन श्रेष्ठलाई एक हजार ५० मतअन्तरले पराजित गर्नुभएको हो ।
कास्की क्षेत्र नं ३ (क) प्रदेश सभा सदस्यमा नेकपा (एमाले) का उम्मेदवार गणेशमान गुरुङ निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिस्पर्धी गठबन्धनका तर्फबाट माओवादीका दुर्गादत्त भण्डारीलाई ४ हजार ४०९ मतान्तरले पछि पार्दै निर्वाचित हुनुभएको हो ।
जनमत पार्टीका चन्द्रकेस गुप्ता रुपन्देही निर्वाचन क्षेत्र नं. ५ को प्रदेश (ख) बाट विजयी हुनुभएको छ ।
कास्की क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा नेकपा (एमाले) का उम्मेदवार विजयी हुनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पराजित गर्दै एमालेका भीमबहादुर कार्की प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएको हो । विजयी कार्कीले १० हजार ५३१ मत प्राप्त गर्नुभयो ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश सभा क्षेत्र १ बाट नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार नारायणबहादुर वुर्जामगर आठ हजार १०५ मत प्राप्त गरी दोस्रो कार्यकालका लागि प्रदेश सभा सदस्य पदमा विजयी हुनुभएको हो ।