ललितपुर–१ बाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ । गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार राणाले नेकपा (एमाले) का उम्मेदवार नवराज सिलवाललाई चार हजार ६१४ मतान्तरले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा विजयी हुनुभएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडाैंमा तीन क्षेत्रमा जितेको छ । काठमाडाैंको क्षेत्र नम्बर–२ मा पार्टीका उपाध्यक्ष सोविता गौतम विजयी हुनुभयो ।
सुर्खेत निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका हृदयराम थानी विजयी हुनुभएको छ । थानीले ३४ हजार ६२५ मत प्राप्त गरी विजय हुनुभएको हो ।
उदयपुरमा आन्तरिक विमानस्थल निर्माण गर्न करिब १४ हजार सखुवाका रुख काटिएको छ। त्रियुगा नगरपालिका वडा नं. १ र २ को जोगिदहस्थित कङ्ग र मोथियाही सामुदायिक वनको सीमाभित्र विमानस्थल निर्माण गर्ने क्षेत्रमा रहेका रुख काटिएको हो। झन्डै पाँच दशक पहिलेदेखि प्रतीक्षित आयोजनाका रूपमा विमानस्थल रहेको थियो। निर्माणका लागि अनेक कानुनी झञ्झट पार गर्दै बल्ल रुख कटान सम्पन्न गरिएको मोथियाही सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष रामश्रीष्ठ चौधरीले बताउनुभयो।
दूरसञ्चार सेवा प्रदायक एनसेल आजियाटा लिमिटेडले नयाँ प्रिपेड योजना सार्वजनिक गरेको छ । नयाँ योजनाअन्तर्गत ‘सजिलो’, ‘सहयात्री’ र ‘सही यो’ योजना समावेश छन् । मङ्सिर ४ देखि सुरु गरिएका यी योजना ग्राहकले करसहित ९७, ९८ र ९९ रुपियाँमा खरिद गर्न सक्ने कम्पनीले जनाएको छ । सजिलो योजनाअन्तर्गत सिमकार्ड लिनेले १० रुपियाँ मुख्य मेन ब्यालेन्स, ६० एमबी डेटा, ४० मिनेट अन नेट कल र सात दिनको समयसीमा रहेको २० वटा अन नेट एस
वि.सं २०७४ को निर्वाचनमा तनहुँ क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका नेता शङ्कर भण्डारी तत्कालीन वाम गठबन्धनका उम्मेदवार केदार सिग्देलसँग पराजित हुनुभएको थियो ।
रामेछापमा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको मतगणना भइरहेको छ । एक प्रतिनिधि सभा सदस्य र दुई प्रदेश सभा सदस्यका लागि भएको निर्वाचनमा अहिले प्रदेश सभा सदस्य १ को मतगणना जारी छ ।
विश्वकप उपाधि दाबेदारमा छुटाउन नहुने अर्को टिम हो बेल्जियम। बेल्जियम पछिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो भने फिफा वरीयतामा दोस्रो स्थानमा रहेको छ। बेल्जियमको यस टिमलाई सुनौलो पुस्ता पनि भनिन्छ। जसमा केभिन डी ब्रुयन, इडेन हजार्ड र रोमेलु लुकाकुजस्ता खेलाडी हुनुहुन्छ। कागजमा बेल्जियमको टिम निकै सशक्त छ। तर पछिलो संस्करण र युरो २०२२ को प्रदर्शन हेर्दा बेल्जियमका यो सुनौलो पुस्ता प्रमुख प्रतियोगितामा अपेक्षामा खरो उत्रन सकेको छैन। त्यसैले समूह एफमा क्यानडाले बुधबार बेल्जियमविरुद्ध खेल्दा आशा होइन, जितको विश्वाससहित खेल्ने भनाइ मिडफिल्डर जोनाथन ओसोरियोले राख्नुभएको छ।
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसका राजेन्द्र कुमार केसी विजयी हुनुभएको छ । चालिसे २ हजार ६७२ मतान्तरले विजयी हुनुभएको छ ।
हाल केही कमजोर प्रदर्शन भए पनि विश्व फुटबलमा सर्वाधिक सफल टिममध्ये एक जर्मनीलाई विश्वकप उपाधि दाबेदारीको सूचीबाट झिकिएको छैन। जर्मनी चार पटक विश्वकप जितेको टिम हो। यद्यपि हालको प्रदर्शन हेर्ने हो भने जर्मनीले छमध्ये एक खेल मात्र जितेको छ ।
जिल्लाको सत्यवती गाउँपालिका वडा नम्बर तीन ठूलोलुम्पेकदेखी कुढडाँडा जाँदै गरेको लु ३ च ५३४० नम्बरको जिप दुर्घटना हुँदा ५१ वर्षीय झलक सोमै, ५५ का टीका राहादी, ४७ का रनबहादुर सिजापति, २५ वर्षीय मिलन तरामु र ४३ की जमुना सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
चालू आर्थिक वर्ष २०७९/८० को चार महिनामा (साउन–कात्तिक) उद्योग दर्ता आधाले घटेको छ । उद्योग विभागका अनुसार चालू आर्थिक वर्षको कात्तिकसम्म ६८ वटा उद्योग दर्ता भएका छन् । गत वर्ष सोही अवधिमा १३४ उद्योग दर्ता भएका थिए । यस वर्ष २८ वटा ठूला उद्योग, २५ वटा मझौला र १५ वटा साना उद्योग दर्ता भएका छन् । ती उद्योगबाट चार हजार ९३५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ । गत वर्ष सोही अवधिमा ठूला उद्योग ३९, मझौला उद्योग ४९ र साना उद्योग ४६ गरी १३४ वटा उद्योग दर्ता भएका थिए । ती उद्योगमा एक खर्ब ५१ अर्ब ८५ करोड रुपियाँ लगानी प्रतिबद्ध भएको थियो । ती उद्योगबाट १२ हजार २३५ जनालाई रोजगारी उपलब्ध गराइने अनुमान थियो ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ मा प्रदेशसभा (क) सदस्यमा नेकपा (एमाले) का हरिकृष्ण डङ्गोल विजयी हुनुभएको छ ।
मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी छ । पछिल्लो मत गणनाको परिणाममा दुवै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरू अगाडि देखिनुभएको छ ।
निर्वाचन र महँगीको सम्बन्ध असाध्य अनौठो छ। विगतमा पनि मुलुक निर्वाचनमा व्यस्त रहँदा बजार भाउ आकाशिने गर्दथ्यो र यस पटक पनि अपवाद हुन सकेन। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सेरोफेरोको १५ दिन यता मात्र दैनिक अत्यावश्यकीय वस्तुको बजार भाउमा वृद्धि भएको छ। दैनिक जीवनयापनका निम्ति आवश्यक चामल, दाल, तरकारी, तेल आदिको भाउ बढेको छ। दशैँताका बढेको भाउमा अझ थपेर निर्वाचनकै मुखमा भाउ बढेको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय कारण देखाएर व्यापारीले आमउपभोक्ताको थाप्लामा थप भार बोकाएका छन्। निर्वाचनमा व्यस्त भएर हो वा किन हो ? सरो