पाल्पाका किसान परम्परागत खेती छाडेर किवी खेतीमा आकर्षित भएका छन् । परम्परागत खेतीभन्दा किवी खेतीबाट राम्रो फाइदा लिन सकिने भएकाले यहाँका किसान किवी खेतीमा आकर्षित भएका हुन् । किवी खेतीबाट राम्रो फाइदा भएपछि यहाँका किसान कोदो, मकै, गहुँ तथा तोरी खेती छाडेर किवी खेतीमा लागेका हुन् । “परम्परादेखि मकै, कोदो, गहुँ तथा तोरी लगाउने बारीमा अहिले किवीका बोट लगाएका छौँ,” पूर्वखोला–२, जल्पाका किसान मीनादेवी मगरले भन्नुभयो, “मकै र तोरीबाट भन्दा किवीबाट १० गुणा फाइदा हुने रहेछ ।”
अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका नायब सुब्बा खेमराज पुन मगरले जानकारी दिनुभयो ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिका–८ का बोल्न नसक्ने ७० वर्षीय (आवाजविहीन) जुल्फे तामाङलाई ७० वर्षको उमेरमा नेपाली नागरिकता प्रदान गरिएको छ ।
सर्वोच्च अदालतले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको वित्तीय व्यवस्था भारतीय कम्पनी जीएमआरलाई दिने अन्तरिम आदेशविरुद्धको निवेदनमा विपक्षीलाई सूचना दिन आदेश गरेको छ । अन्तरिम आदेश खारेजीको माग गर्दै जीएमआरका तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै अदालतले सूचना दिने आदेश गरेको हो ।
५५ वर्षीया महिलाले टेस्टट्युब पद्धतिबाट बच्चा पाउनुभएको छ। ललितपुरकी ५५ वर्षीया महिला विमला रजकले नर्भिक आईभीएफ सेन्टरमा स्वस्थ सन्तानलाई जन्म दिनुभएको हो। शल्यक्रियामार्फत शनिबार बच्चा निकालिएको र हाल बच्चा र आमाको स्वास्थ्य अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ।
सिन्धुपाल्चोक प्रतिनिधि सभा–१ को प्रदेश सभा (१) मा गठबन्धनकी मसिना खड्का भण्डारी विजयी हुनु भएको छ । खड्काले नेकपा एमालेका उम्मेदवार युद्धविक्रम तामाङ (डिबी) लाई पराजित गदै विजयी हुनु भएको छ ।
प्रधामन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट सातौँ पटक संसदमा निर्वाचित हुनुभएको छ ।
नेपाल वायुसेवा निगमले सञ्चालनको तयारीमा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्यान्डलिङ (भूमिस्थ) सेवा आफूलाई दिन आग्रह गरेको छ। स्थापनाकालदेखि काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भूमिस्थ सेवा दिँदै आएको निगमले पोखरामा उक्त जिम्मेवारी आफूलाई दिन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग आग्रह गरेको हो।
आमनिर्वाचन २०७९ को मतपरिणाम आउने क्रम जारी रहँदा केही चर्चित उम्मेदवारले हारको सामना गर्नुपरेको छ। काठमाडौँको तीनवटा निर्वाचन क्षेत्रको परिणाम आउँदा रवीन्द्र मिश्र, डा. राजन भट्टराई, रमेश खरेल, मिलन पाण्डे र पुकार बमले हार बेहोरेका छन्। मिश्र, भट्टराई र पाण्डे आमनिर्वाचन २०७४ मा समेत चर्चित हुनुहुन्थ्यो। खरेल भने आफैँ दल दर्ता गरी पहिलो पटक निर्वाचनमा स्पर्धा गर्नुभएको थियो।
डोटी प्रदेशसभा (ख) मा नेकपा (माओवादी केन्द्र) का शिवसिंह ओली सामान्य मतले अगाडि हुनुहुन्छ ।
सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन उपसचिव परशुराम अधिकारीसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्गलबार विशेष अदालत काठमाडौँमा उक्त मुद्दा दायर गरेको हो। आयोगका अनुसार उपसचिव अधिकारीको मिलेमतोमा काठमाडौँ महानगरपालिका वडा नम्बर १६ को कित्ता नम्बर १३९९ को ९१ दशमलव ३१ वर्गमिटर सरकारी जग्गा भक्तरत्न तुलाधरको नाममा कायम गरिएको थियो। उक्त जग्गा आफ्नो भए पनि सरकारी कार्यालयको कमजोरीका कारण सरकारको नाममा दर्ता भएकाले आफ्नो नाममा कायम गरिदिन तुलाधरले मालपोत कार्यालयमा निवेदन दिनुभएको थियो।
जनकपुरधाममा मनाइने सप्ताहव्यापी विवाहपञ्चमी महोत्सव बुधबार प्रारम्भ हुँदै छ । त्यसका लागि जानकी मन्दिर सजाउने कार्य तीव्र रूपले अघि बढेको छ । प्रत्येक वर्षझैँ सप्ताहव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव बुधबारदेखि विधिवत् प्रारम्भ हुने भएपछि मन्दिरलगायतका स्थान रङ्गीचङ्गी फूलले सजाउन थालिएको छ । महोत्सवका लागि आवश्यक सबै तयारी पूरा भएको जानकी मन्दिरका सहायक महन्थ रोशन दासले बताउनुभयो ।
मधेश प्रदेशमा आठ जिल्लाका ३२ वटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री मोहम्मद लालबाबु राउत पुनः प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
ललितपर–१ प्रदेशसभा (२) मा नेपाली कांग्रेसका मीनकृष्ण महर्जन विजयी हुनुभएको छ ।