मङ्सिर ४ लाई तोकिएको सङ्घीय तथा प्रदेश सभाको निर्वाचन केही छिटफुट घटनाबाहेक शान्तिपूर्ण रूपमा सम्पन्न भयो। निर्वाचन आयोग तथा सरकार धन्यवादका पात्र बनेका छन्। तुलनात्मक रूपले कम मात्र मतदान भएको अवस्थाचाहिँ राजनीतिक दल तथा नेतृत्वका लागि गहन चिन्तन मन्थनको विषय हो। व्यवस्था, राजनीतिक दल अथवा नेतृत्वमध्ये कुन पक्षप्रतिको वितृष्णा हो र यसलाई कसरी निराकरण गर्ने भन्नेमा सायद दलहरूले गम्भीर विमर्श गर्लान्। अब यथासम्भव सुधारको अभ्यास सुरु होला। आउने निर्वाचनमा अत्यधिक मतदान हुने वातावरण बन्ला।
काभ्रेपलाञ्चोक जिल्लाको प्रतिनिधिसभा तथा प्रदेश सभा दुवैतर्फको मतगणनामा सत्ता गठबन्धनमा रहेका दलका उम्मेदवारहरू अग्रस्थानमा रहेका छन्। मतगणना सुरु भएदेखि अग्रता कायम गर्दै आएका गठबन्धनका उम्मेदवारलाई नेकपा एमालेका उम्मेदवारले पछ्याउँदै आएका छन् ।
ओखलढुङ्गाको प्रदेशसभा क्षेत्र नं. (क) मा नेपाली कांग्रेसका प्रदिपकुमार सुनुवार विजयी हुनुभएको छ । सुनुवारले ३६० मतान्तरले विजयी हुनुभएको हो ।
इलाम क्षेत्र नम्बर १ मा मतपेटिकाको शीलको विषयमा विवाद भएपछि गएराति देखि स्थगित भएको मतगणना कार्य अझै सुरु हुन सकेको छैन ।
मुलुकको शासकीय स्वरूप र व्यवस्थामा भएको रूपान्तरणपछिको दोस्रो निर्वाचनले एउटा स्पष्ट सन्देश दिएको छ– स्थापित र आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका, लामो इतिहास भएका राजनीतिक दलहरू सच्चिनुपर्छ। यो सन्देशलाई दलहरूले गम्भीरतापूर्वक आत्मसमीक्षा गर्नु आवश्यक छ। किनभने राजनीतिक दलहरूले आफ्नो हैसियत थाहा पाउने अवसर निर्वाचन मात्रै हो र इमानदार रहने हो भने यही अवसरलाई आधार मानेर आगामी दिनको बाटो तय गर्नुपर्छ।
प्रतिनिधि सभा सदस्यतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पहिलो जीत हासिल गरेको छ ।
१. ६८ वर्षपश्चात् सुपरमुन कहिले देखियो ? वि.सं. २०७३ कात्तिक २९ (सन् २०१६ नोभेम्बर १४) (वि.सं. २००५ पछि २०७३ कात्तिक २९ मा पृथ्वीको सर्वाधिक नजिक आइपुगेको चन्द्रमा ‘सुपरमुन’ सामान्य अवस्थामा भन्दा १४ प्रतिशत ठूलो र ३० प्रतिशत चम्किलो देखिएको।) २. ‘सबैका लागि शिक्षा’ विषयक विश्व सम्मेलन कहिले र कहाँ भएको थियो ? सन् १९९०, थाइल्यान्डको जोम्टिनमा ३. नेपालमा अप्टिकल फाइबर बिछ्याउने कार्यको सुरुवात कहिलेदेखि गरिएको हो ? वि.सं. २०७६ जेठ ६ ‘डिजिटल पूर्वाधार समृद्धिको आधार : हाम्रो प्रयास सूचना प्रविधिको विस्तार’ नाराका साथ अप्टिकल फाइबर बिछ्याउने कार्य धादिङको गल्छीका साथै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेबाट सुरुवात भएको। अप्टिकल फाइबरमार्फत उच्च गतिको ब्यान्डविथ प्रवाह गर्न सकिने।
भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश (क) मा नेपाली कांग्रेसका सुरेश श्रेष्ठ विजयी हुनु भएको छ । यही मङ्सिर ४ गते भएको निर्वाचनमा लोकतान्त्रिक–वाम गठबन्धनका साझा उम्मेदवारका रूपमा रहनुभएका कांग्रेसका युवा नेता श्रेष्ठले नौ हजार ४२४ मत प्राप्त गरी विजयी हुनु भएको हो ।
लोकसेवा आयोगको भूमिका १. सहरीकरण भनेको के हो ? नेपालमा नगरपालिका घोषणा गर्न के कस्ता सर्त तथा सुविधालाई आधार मानिन्छ ? उल्लेख गर्नुहोस्। ग्रामीण बस्तीमा आधुनिक सहरी सुविधा विस्तार भई सघन र सुविधासम्पन्न बस्तीमा रूपान्तरण हुने प्रक्रियालाई सहरीकरण भनिन्छ। सहरीकरणसँगै आर्थिक तथा सामाजिक सम्बन्ध परिवर्तन हुँदै जान्छन्। बढ्दो जनसङ्ख्या र बसाइँसराइका कारण सहरी क्षेत्रको भूमिमाथि अनावश्यक चाप पर्न थाल्छ। आवास, सहरी पूर्वाधार एवं व्यापारिक क्रियाकलापका लागि भूमिको माग बढ्दै जाने भएकाले भूमिको मूल्य र महìव उच्च हुने गर्छ। पछिल्लो समय नेपालमा बढ्दै गएको अव्यवस्थित सहरीकरणलाई व्यवस्थित बनाई स्वच्छ, हराभरा र बस्नलायक सहर निर्माण गर्नु चुनौतीपूर्ण देखिएको छ।
प्युठानका ३ वटै क्षेत्रमा अहिलेसम्म एमालेका उम्मेदवारले अग्रता बनाएका छन् । प्रतिनिधि सभा तर्फ हालसम्म गौमुखी, ऐरावती, सरुमारानी, नौबहिनिको मत गणना सकिएको छ । झिमरुक १ नम्बर वडाको मत गन्ने क्रम जारी छ ।
दाङमा गठबन्धनका उम्मेदवारको अग्रता कायमै रहेको छ । जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा बुधवार बिहान ६ बजेसम्मको मत परिणाम अनुसार गठबन्धनका उम्मेदवारले अग्रता लिइरहनुभएको छ भने नेकपा एमालेका उम्मेदवारहरूले उहाँहरूलाई पछ्याइरहनुभएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधि सभा सदस्य निर्वाचनमा ढोका खोलेको छ । अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवर विजयी हुनुभएको छ । कुँवर चार हजार ४८९ मतान्तरले विजयी हुनुभएको छ ।
चलचित्र ‘नम्बरी सुन’मा अभिनेत्री नम्रता सापकोटा अनुबन्धित हुनुभएको छ । चलचित्र निर्देशक राजु गिरी र निर्माता नारायण खातीले अभिनेत्री सापकोटाले कागजी सम्झौता गर्नुभएको हो ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान सुरु भएको छ । एरो थार्ई जहाजले सोमबारदेखि पोखरा विमानस्थलमा परीक्षण उडान सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
बाँकेको ग्रामीण क्षेत्रका अधिकांश बेरोजगार युवाका लागि अटो रिक्सा रोजगारीको प्रमुख माध्यम बन्दै गएको छ । जिल्लामा अटो रिक्सा र ब्याट्री रिक्सा भित्रिएपछि धेरै बेरोजगार युवाले त्यस्ता सवारीसाधनलाई रोजगारीको माध्यम बनाएका हुन् ।