गुल्मी प्रतिनिधि सभा २ मा नेकपा (एमाले)का गोकर्ण विष्ट विजयी हुनुभएको छ ।
प्रतिनिधि सभा गुल्मी १ को मतगणना प्रक्रिया चार दिनपछि सुरु भएको छ । जिल्ला समन्वय समिति गुल्मीको सभाहलमा बुधबारबाट कालीगण्डकी गाउँपालिका वडा नं. १ बाट मतगणना सुरु भएको हो ।
कैलाली क्षेत्र नम्बर ३ (क) र (ख) दुवै प्रदेशसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार विजयी हुनुभएको छ ।
जुम्ला प्रदेश (२) नेकपा (एमाले) का टेकराज पछाई विजयी भएका छन् । गठबन्धनका उम्मेदवार पदमबहादुर रोकायालाई पछि पार्दै पछाई बिजयी हुनुभएको हो ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा.तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ । आइतबार सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणनामा उहाँले आठ हजार ३३० मत अन्तरले अग्रता लिनुभएको हो ।
पाँचथरमा प्रतिनिधिसभातर्फका गठबन्धनका कांग्रेस उम्मेदवार भीष्मराज आङ्देम्बेले आठ हजार ७९६ मत प्राप्त गर्दै अगाडि आउनुभएको छ ।
सुनसरी क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्यतर्फ लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार मुक्सामहाङ मेन्याङ्बोको अग्रता रहेको छ ।
काठमाडौं क्षेत्र नम्बर २ प्रदेश (ख) मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का राजु विष्ट विजयी हुनुभएको छ ।
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेश क मा नेकपा एमालेका श्यामराजा महत विजयी हुनुभएको छ ।
सिन्धुली जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा निर्वाचन (क) र (ख) मा सत्तारुढ गठबन्धनका उमेदवार विजयी बन्नुभएको छ ।
निर्वाचन सम्पन्न भएको दुई दिनपछि मुगुमा मतगणना सुरु भएको छ । सबै मतदानस्थलबाट मतपेटिका आइसकेपछि बुधबार बिहानबाट मतगणना सुरु भएको हो ।
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडा तीन हजार ७५५ मतान्तरले अग्रस्थानमा हुनुहुन्छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व)–२ को प्रदेशसभा (क)मा नेकपा (एमाले)का पदमा जिसी श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले १९ हजार ३९६ मत पाउनुभएको छ । उहाँका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र)का सौगमकुमार सिरपालीले १४ हजार ७५८ मत ल्याउनुभएको छ ।
पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभामा वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार रमेश रिजाल विजयी हुनुभएको छ ।
काठमाडौं–७ (क)मा नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार वसन्तप्रसाद मानन्धर विजयी हुनुभएको छ ।