शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
काठमाडौं, मङ्सिर ७ गते । समानुपातिक निर्वाचनमा मतगणनाको आधारमा प्रतिनिधिसभातर्फ नेकपा (एमाले) ले अग्रता कायमै राखेको छ । निर्वाचन आयोगको दिउँसो ३ बजेसम्मको तथ्याङ्क अनुसार एमालेले दुई लाख ४२ हजार ५३६ मत प्राप्त गरेको छ ।
त्यसैगरी, नेपाली कांग्रेसको दुई लाख १९ हजार ९०५, राष्ट्रिय स्वतन्त्र पार्टी एक लाख १२ हजार २९४, नेकपा (माओवादी केन्द्र) ले एक लाख ७०८, राष्ट्रिय प्रजातन्त्र पार्टीले ५७ हजार ८८९ मत प्राप्त गरेका छन्।
त्यस्तै, आयोगको तथ्याङ्क अनुसार जनता समाजवादी पार्टीको १८ हजार ७६०, जनमत पार्टीले १७ हजार ५७८, नेपाल मजदुर किसान पार्टी १६ हजार ५१०, नेकपा (एकीकृत समाजवादी) ले १३ हजार ३२६,नागरिक उन्मुक्ति पार्टीको ११ हजार ७३८ र अन्य पार्टीले ५० हजार ३४१ मत प्राप्त गरेका छन् ।