बाँके क्षेत्र नम्बर २ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री धवल शमशेर राणा विजयी हुनुभएको छ । उहाँले जनता समाजवादी पार्टीका केन्द्रीय नेता तथा पुर्वमन्त्री मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतले पराजित गर्नुभयो ।
बाँके क्षेत्र नम्बर २ को प्रदेश सभा (क) र (ख) दुवै क्षेत्रमा जनता समाजवादी पार्टीका उम्मेदवार भण्डारीलाल यादव र आदेश अग्रवाल विजयी हुनुभएको छ ।
स्थान : नम्रताको घरको एउटा कोठा समय : साँझ पात्रहरू : नरेश ३० वर्ष नम्रता २८ वर्ष साँभलको समय । एउटा फराकिलो कोठा ! रातो तर मधुरो बत्ती बलेको छ । झट्ट हेर्दा कुनै रेस्टुरेन्टझैँँ लाग्छ । एक सेट सोफा कोठाको दुईतिर छन् । हल्का गुलाबी पर्दा झ्यालमा झुन्ड्याइएको छ । एउटा कुनामा -याकमा केही पुस्तकहरू छन् । अर्को कुनामा दुई जना सुत्न मिल्ने पलङ छ । एक छेउमा काँचको टेबल छ । सँगै केही मदिराका भरिएका बोतलहरू छन्, भुजियाका प्याकेटहरू छन् । बीचको भागमा सानो टि–टेबुल र तीन/चारवटा चकटीहरू छन् । छेउमा एउटा डायरी र कलम छ । सोफामा अनुहार छोपेर नम्रता पत्रिका पढ्दै छिन्। कसैले कलबेल बजाउँछ ।
प्रतिनिधि सभा तर्फ धनुषाको चार वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा नेकपा (एमाले) र एक÷एक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र जसपाले अग्रता कायम राखेको छ । निर्वाचन क्षेत्र नं. ३ र ४ मा नेकपा एमाले र निर्वाचन क्षेत्र नं.२ मा नेपाली काँग्रेस र क्षेत्र नं.१ मा जसपाले अग्रता कायम राखेको छ ।
प्रतिनिधि सभाको मतगणना सकिएलगत्तै अछाम-१ का दुई वटै प्रदेश सभाको मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा अछाम-१ (क) र (ख) प्रदेशको मतगणना सुरु भएको हो ।
जब उसले फूलमा व्यापार देख्यो झरेको पातमा पनि प्यार देख्यो ।। मन्दिरको मूर्ति जब मनले छाम्यो मूर्तिकारको मुटु वारपार देख्यो ।।
तनहुँ निर्वाचन क्षेत्र नम्बर २ प्रदेशसभा (क) मा नेकपा (एमाले) का श्यामराजा महत निर्वाचित हुनुभएको छ ।
दिन्छु तिमीलाई चोखो माया सम्बन्धमा घात नहोस् हावाहुरी चल्दाखेरि झरिजाने पात नहोस्
तनहुँ–२ को प्रदेशसभा निर्वाचन क्षेत्र २ (ख) मा नेपाली कांग्रेसका जिल्ला सभापति जीतप्रकाश आले विजयी हुनुभएको छ ।
अर्घाखाँचीमा तीन क्षेत्रमै एमालेका उम्मेदवारको अग्रता रहेको छ । अर्घाखाँचीमा १ सङ्घ र २ प्रदेशसभाको सिट रहेका छन् ।
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टले दुई हजारभन्दा बढी मत अन्तरले अग्रता कायमै राख्नुभएको छ ।
विश्वकपको इतिहासमा इटालीको मिलानका प्रसिद्व मूर्तिकार सिल्भियो ग्याजानिगालाई ‘म्यास्ट्रो’ अर्थात् ‘महान् गुरु’ भनेर सम्झिने गरिन्छ। उनी सन् १९२१ जनवरी २३ मा इटालीको मिलान सहरमा जन्मिएका थिए। ‘मोनालिजा’ बनाउने महान् कलाकार लिओनार्दो दा भिन्सी पनि मिलानमै जन्मिएका हुन्। मूर्तिकार ग्याजानिगाले स्टाविलिमेन्टो आर्टिसटिको वर्तोनी कम्पनीमा काम गर्दा ‘फिफा कप ट्रफी’ डिजाइन गर्ने अर्डर पाएका थिए। ब्राजिलले सन् १९५८, १९६२ र १९७० तीन पटक जुलेस रिमेट विश्वकप जितेपछि कहिले पनि नफर्काउने गरी ट्रफी लग्यो र फिफाले नवट्रफी निर्माण गर्नु आवश्यक भयो।
मङ्सिर ४ गते सम्पन्न भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको मतगणना गुल्मी क्षेत्र नम्बर १ मा आजदेखि सुरु हुने भएको छ ।