• १३ साउन २०८१, आइतबार

धनुषामा एमालेले दुई, कांग्रेस ,जसपा एक/एक स्थानमा अग्रता

blog

धनुषा, मङ्सिर ७ गते । प्रतिनिधि सभा तर्फ धनुषाको चार वटा निर्वाचन क्षेत्र मध्ये दुई वटामा नेकपा (एमाले) र एक÷एक निर्वाचन क्षेत्रमा नेपाली काँग्रेस र जसपाले अग्रता कायम राखेको छ । निर्वाचन क्षेत्र नं. ३ र ४ मा नेकपा एमाले र निर्वाचन क्षेत्र नं.२ मा नेपाली काँग्रेस र क्षेत्र नं.१ मा जसपाले अग्रता कायम राखेको छ । 

पछिल्लो परिणाम अनुसार धनुषा क्षेत्र नं.३ मा एमालेका उम्मेदवार जुली कुमारी महतोले ११ हजार ५६१ मत ल्याएर अग्रता कायम राख्नु भएको छ । उहाँलाई गठबन्धन वाट लोसपाका उम्मेदवार रहनु भएका अनिल कुमार झाले नौ हजार ३५० मत ल्याएर पछ्याइ रहनु भएको छ । त्यसै गरी धनुषा क्षेत्र नं.४ मा एमालेकै सचिव रघुवीर महासेठ दुई हजार ५४८ मत ल्याएर अग्रता कायम राख्नु भएको छ । उहाँलाई नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादवले दुई हजार ३२२ मत ल्याएर पछ्याइ रहनु भएको छ । धनुषा क्षेत्र नं.२ मा नेपाली काँग्रेसका उम्मेदवार रामकृष्ण यादवले आज बिहान अग्रता कायम गर्नु भएको छ । उहाँले छ हजार ६८२ मत प्राप्त गरी अग्रता कायम गर्नु भएको छ । उहाँलाई नेकपा एमालेका उमाशङ्कर अरगरिया यादवले छ हजार ६६८ मत ल्याएर पछ्याइ रहनु भएको छ । 

त्यसै गरी सोही क्षेत्रमा एकीकृत समाजवादीका उम्मेदवार रामचन्द्र झाले पाँच हजार ६९३ मत ल्याएर प्रतिस्पर्धामा रहनु भएको छ । यस क्षेत्रमा कसले बाजि मर्ला भने अनुमान गर्न कठिन छ । धनुषा क्षेत्र नं.१ मा जसपाका उम्मेदवार दीपक कार्की पाँच हजार २४७ मत प्राप्त गरी अग्रता कायम गर्नु भएको छ । उहाँलाई गठबन्धनको तर्फ वाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रहनु भएका पुर्वमन्त्री मातृका यादव दुई हजार ९८९ मत ल्याएर पछ्याइ रहनु भएको छ । निर्वाचन आयोगले एक निर्वाचन क्षेत्रमा चार ठाउँमा मत गन्न गर्न दिएको निर्देशन बमोजिम पूर्वाधार तयार गरी मतगणना काम तीव्र गतिमा भइरहेको मुख्य निर्वाचन अधिकृत ब्रजेस प्याकुरेलले जानकारी दिनु भयो । 

Author

धर्बेन्द्र झा