• ९ मंसिर २०८१, आइतबार

अछाम-१ का दुवै प्रदेशका मतगणना सुरु

blog

अछाम-१ का दुवै प्रदेशसभामा मतगणनाका क्रममा साँफेबगरमा ।

शिवराज ढुंगाना 

अछाम, मङ्सिर ७ गते । प्रतिनिधि सभाको मतगणना सकिएलगत्तै अछाम-१ का दुई वटै प्रदेश सभाको मतगणना सुरु गरिएको छ । निर्वाचन अधिकृतको कार्यालय साँफेबगरमा अछाम-१ (क) र (ख) प्रदेशको मतगणना सुरु भएको हो । 

साँफेबगर नगरपालिका १ र १४ वडा र चौरपाटी १ वडाका मतगणना सुरु गरिएको छ । चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाको भूगोलमा ‘क’ प्रदेशसभामा १९ हजार ४२१ मत खसेका छन् । 

अछाम-१ ‘क’ मा गठबन्धनबाट नेपाली नेपाली कांग्रेसका मेघराज खड्का र नेकपा (एमाले) बाट देवबहादुर कुँवर उम्मेदवार हुनुहुन्छ । २०७४ को प्रदेश सभा निर्वाचनमा नेकपा (एमाले) का हर्कबहादुर कुँवर (गोविन्द) विजयी हुनुभएको थियो । 

अछाम-१ ‘ख’ रामारोशन गाउँपालिका १, मेल्लेख गाउँपालिका १ र वान्नीगढी जयगढ गाउँपालिका १ वडाका मतगणना सुरु भएको छ । ‘ख’ प्रदेशमा प्रदेश २२ हजार ६४ मत खसेका छन् । 

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपरिणाम अनुसार अछाम–१ मा श्रममन्त्री शेरबहादुर कुँवर विजयी भइसक्नुभएको छ भने अछाम-२ मा मतगणना जारी रहेको छ ।