काठमाडौं, मङ्सिर ७ गते । काठमाडौं क्षेत्र नं ७ को प्रदेशसभा (ख) मा नेकपा (एमाले) का उम्मेदवार प्रकाश श्रेष्ठ विजयी हुनुभएको छ । गत मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको केहीबेर अघि सम्पन्न प्रदेशसभा (२) को मतगणनामा एमालेका श्रेष्ठले पाँच हजार दुई सय १८ मत प्राप्त गरी विजयी हुनुभएको निर्वाचन अधिकृत उषा श्रेष्ठले राससलाई जानकारी दिनुभयो । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार सबिन तामाङले पाँच हजार एक सय ३७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लालकुमार लामाले दुई हजार सात सय ९७ मत प्राप्त गर्नुभएको छ ।
लोकेन्द्रप्रसाद जोशी दार्चुला, मङ्सिर ७ गते । दार्चुलाको प्रदेश सभा क्षेत्र नम्बर (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवार मानबहादुर धामी विजयी हुनुभएको छ । नेकपा एमालेका उम्मेदवार रामदत्त जोशीलाई १ हजार ३१५ मतान्तरले पराजित गर्दै धामी विजयी हुनुभएको हो । सुदूरपश्चिम प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीसमेत रहनुभएका माओवादी नेता धामीले कुल २६ हजार २७२ मतमध्ये १३ हजार १७१ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका जोशीले ११ हजार ८५६ मत प्राप्त गर्नुभयो । धामी २०७४ सालमा यसै क्षेत्रबाट प्रदेश सभामा निर्वाचित हुनुभएको थियो ।
नेपाली काँग्रेसका उम्मेद्वार पूर्णबहादुर खत्री विजयी हुनुभएको छ ।
ढोरपाटन, मङ्सिर ७ गते । बागलुङ क्षेत्र नं.–१ (क) मा नेपाली कांग्रेसका दीपेन्द्रबहादुर थापा विजयी हुनुभएको छ । थापाले नेकपा (एमाले) का उम्मेदवार हीराबहादुर केसीलाई एक हजार चार सय ७८ मतान्तरले पराजित गर्नुभएको हो । थापाले १३ हजार आठ सय ८४ मत ल्याउँदा केसीले १२ हजार चार सय पाँच मत प्राप्त गर्नुभएको छ । थापा पाँचदलीय गठबन्धनका साझा उम्मेदवार हुनुहुन्थ्यो । यस क्षेत्रमा थापा र केसीसहित पाँचजनाको उम्मेदवारी परेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टीका डिल्लीप्रसाद आचार्य एक हजार चार सय ५०, सामाजिक एकता पार्टीका भक्तबहादुर विक तीन सय सात र स्वतन्त्र उम्मेदवार दीपेन्द्र हमालले एक सय सात मत प्राप्त गर्नुभएको छ ।बागलुङ नगरपालिकाका ११ वडा र काठेखोला गाउँपालिका पर्ने यस क्षेत्रमा ५० हजार दुई सय ८० मतदाता रहेकामा २८ हजार आठ सय २५ मत खसेको थियो । जसमा छ सय ३२ मत बदर भएको छ । रासस
बागलुङ क्षेत्र नं. –२ (क) मा नेपाली कांग्रेसका जितबहादुर शेरचन विजयी हुनुभएको छ ।
ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उम्मेदवार उदयशम्शेर राणाले जित हासिल गर्नुभएको छ ।
पर्सा जिल्लामा प्रदेश सभा सदस्यमा जनता समाजवादी पार्टीका सिघासन साह कलवार दोस्राे पटक विजयी हुनुभएको छ ।
काभ्रेपलाञ्चोकको प्रतिनिधि सभा २ मा नेकपा (एमाले) का उम्मेदवार गोकुलप्रसाद बाँस्कोटाले आफ्नो प्रतिस्पर्धी उम्मेदवार नेपाली काङ्ग्रेसका शिवप्रसाद हुमागाइँसँगको मतान्तर घटाउँदै लग्नुभएको छ ।
म्याग्दीको प्रदेश सभा निर्वाचन क्षेत्र (ख) मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादीका उम्मेदवार रेशम जुग्जाली (सुविन) १०१ मत अन्तरले विजयी हुनुभएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप पौडेल विजयी हुनुभएको छ
डेनमार्क र ट्युनिसियाले कतारमा जारी विश्वकप फुटबलमा बराबरी खेल्दै अंक बाँडेका छन् ।
उदयपुरको निर्वाचन क्षेत्र नम्बर २ बाट नेकपा (एमाले)का उम्मेदवार अम्बरबहादुर रायमाझी विजयी हुनुभएको छ। उहाँ १५ हजार २५१ मत ल्याएर विजयी हुनुभएको हो।
पर्सा जिल्लामा प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका शङ्कर चौधरी विजयी हुनुभएको छ।
जुम्ला प्रतिनिधिसभामा ज्ञानबहादुर शाहीले दोब्बर मतले अग्रता कायम राख्नुभएको छ।
ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्रीले अग्रता लिनुभएको छ।