• १२ असोज २०८१, शनिबार

ताप्लेजुङमा योगेशलाई पछि पार्दै माओवादीका खेलप्रसादको अग्रता

blog

चन्द्र पन्दाक

ताप्लेजुङ, मङ्सिर ६ गते। ताप्लेजुङमा नेकपा (एमाले)का उम्मेदवार योगेशकुमार भट्टराईलाई पछि पार्दै नेकपा (माओवादी केन्द्र) का खेलप्रसाद बुडाक्षेत्रीले अग्रता लिनुभएको छ। सुरुवाती अग्रता भट्टराईको भए पनि अहिले उहाँलाई पछि पार्दै बुडाक्षेत्रीले अग्रता लिनुभएको हो। 

अहिलेसम्म तीन हजार ३७१ मत गणना भइसक्दा बुडाक्षेत्रीले एक हजार ७८० र भट्टराईले एक हजार २७० मत पाउनुभएको छ। मङ्गलगर अपराह्न साढे ४ बजेदेखि सुरु भएको मतगणना कार्य जारी छ।

 वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार बुडाक्षेत्री माओवादीका केन्द्रीय सदस्य हुनुहुन्छ भने भट्टराई एमाले सचिव हुनुहुन्छ।