ललितपुर निर्वाचन क्षेत्र नं. १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्यका उम्मेदवार उदयशमशेर राणाको अग्रता कायम छ ।
ओखलढुङ्गा जिल्लाको प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार रामहरि खतिवडाले पाँच हजार ७३ मत ल्याएर अग्रस्थानमा हुनुहुन्छ ।
बैतडी, मङ्सिर ६ गते । बैतडी जिल्लाको प्रदेश सभा (क) अन्तर्गत डिलाशैनी गाउँपालिकाका–४, स्थित हाडाकोट मतदान केन्द्रको मतपेटिकामा खसेको भन्दा ९५ मत बढी भेटिएका छन् ।
प्रदेश सभा तथा प्रतिनिधि सभाको मत गणना जारी छ । सत्ता गठबन्धन दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले अग्रता कायम गर्नुभएको छ ।
पाल्पाका चार प्रदेश सभामध्ये दुई वटा प्रदेश सभातर्फको मतगणना भइरहेको छ । त्यसमध्ये प्रदेशसभा १(१)मा एमालेका राजुप्रसाद श्रेष्ठको अग्रता कायम गरिएको छ ।
नामिबियामा डिसेम्बर २ देखि ८ तारिखसम्म सञ्चालन हुन आईसीसी विश्वकप लिग–२ को त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।
काठमाडौं निर्वाचन क्षेत्र नं. ९ मा नेकपा (एमाले) का कृष्णगोपाल श्रेष्ठ निर्वाचित हुनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहनुभएका नेता श्रेष्ठले स्वतन्त्र उम्मेदवार टेकबहादुर पोखरेललाई पराजित गर्नुहुँदै निर्वाचित हुनुभएको हो ।
चीनको एक व्यापारिक फार्ममा भएको आगलागीमा परेर कम्तीमा पनि ३६ जनाको ज्यान गएको बताइएको छ ।
सोलोमन टापुको मालाङ्गोको दक्षिण–पश्चिममा मङ्गलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको संयुक्त राज्य अमेरिकाको भौगर्भिक सर्वेक्षण संस्था (युएसजीएस) ले जनाएको छ ।
काठमाडौं क्षेत्र नं. २ को प्रदेशसभा (क)मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सुनील केसी विजयी हुनुएको छ । केसीले एक हजार ५१९ मत अन्तरले विजयी हुनुभएको हो ।
मोरङको निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले अग्रता लिनुभएको छ । मोरङ क्षेत्र नम्बर ५ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवार मण्डलले ६ हजार २८१ मतका साथ अग्रता लिनुभएको छ ।
तनहुँको दुई वटै निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसले अग्रता लिएको छ । प्रतिनिधि सभा सदस्यमा क्षेत्र नम्बर १ मा झिनो मतान्तरले अग्रता लिएको छ भने क्षेत्र नम्बर २ मा फराकिलो मतान्तरले अगाडि छ ।
डडेल्धुरा जिल्लाको प्रतिनिधिसभा सदस्यमा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चार हजार ५८० मतले आफ्नो प्रतिस्पर्धीभन्दा अगाडि हुनुहुन्छ ।
ललितपुर निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसतर्फका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार उदय शमशे राणाले अग्रता लिनुभएको छ ।
प्रतिनिधि सभा सदस्यमा कैलाली क्षेत्र नम्बर ३ बाट नागरिक उन्मुक्ति पार्टीका गङ्गाराम चौधरी विजयी हुनुभएको छ । एक लाख सात हजार ६५९ मतदाता रहेको ३ नम्बर क्षेत्रमा कुल ६३ हजार ७४० मत खसेको थियो ।