प्रतिनिधिसभातर्फको मतगणनामा अछाम क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार मन्त्री शेरबहादुर कुँवर दुई हजार २५३ मतान्तरले अगाडि रहनुभएको छ ।
शान्तिदीप रायमाझी उनी बिरामी थिए अस्पतालमा थिए लाग्थ्यो उनी फेरि तङ्ग्रिने छ्न्
झापा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार देवराज घिमिरे र स्वतन्त्र उम्मेदवार भद्रप्रसाद नेपालबीच रोचक प्रतिस्पर्धा देखिएको छ । दुवैजना झिनो मतान्तरमा अघिपछि रहनुभएको छ ।
दाङ क्षेत्र नम्बर २ मा नेकपा (एमाले) महासचिव शंकर पोख्रेल माओवादी केन्द्रकी उम्मेदवार रेखा शर्मा भन्दा १ हजार ३५२ मतान्तरले पछाडि परेका छन् ।
प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत पर्वतको मतगणनामा जारी छ । पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका अर्जुन प्रसाद जोशीको अग्रता रहेको छ ।
विश्वका उत्कृष्ट फुटबल खेलाडीले आफ्नो प्रतिभा देखाउने सबभन्दा ठूलो मञ्च हो विश्वकप फुटबल तर हरेक संस्करणमा कोही न कोही विश्व चर्चित फुटबलरको अनुपस्थिति रहने गर्दछ। प्रत्येक संस्करणमा चोटले अथवा आफ्नो टिम छनोट नहुँदा विश्वका उत्कृष्ट खेलाडी दर्शक मात्रै बन्न बाध्य हुन्छन्। अल्फ्रेडो डि स्टेफानो, जर्ज बेस्ट, जर्ज वेह, इरिक क्यान्टोनाजस्ता लिजेन्ड फुटबलरले विश्वकपमा खेल्ने अवसर नै पाएका थिएनन्। यसपालि पनि केही ठूला नाम छन्, जो विश्वकपमा देखिने छैनन्।
गुल्मी क्षेत्र नम्बर २ मा नेकपा एमालेका गोकर्ण विष्टको अग्रता कायम रहेको छ । विष्टले झाँक्रीलाई दुई हजार ४०४ मतले अगाडि रहेको छ ।
रुकुमपश्चिममा मतगणना सुरु भएको छ । मंगलबार बिहानदेखि जिल्ला समन्वय समितिमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु गरिएको हो ।
भोजपुरको प्रतिनिधि सभातर्फ माओवादी केन्द्रका उम्मेदवार सुदन किराँतीले अग्रता बढाएका छन् ।
कतार विश्वकपका खेलहरू आठवटा रङ्गशालामा खेलिने छ। आठै रङ्गशालाका आ–आफ्ना विशेषता रहेका छन्। यी रङ्गशालाको बनावटले कतारको भौगोलिक, सांस्कृतिक र ऐतिहासिक महत्त्व बोकेको देखिन्छ। पहिलो पटक खाडी क्षेत्रमा हुन लागेको विश्वकपलाई निकै महत्त्वका साथ हेरेको कतारले रङ्गशाला निर्माणमा कुनै कमी बाँकी राखेको छैन। सबै रङ्गशाला वातानुकूलित छन्।
झापा क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पछि पार्दै नेकपा एमालेका लालप्रसाद साँवाले अग्रता बनाउनुभएको छ । एमालेका साँवाले चार हजार २०४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भुप्रसाद ढकाल सुस्केराले चार हजार १७० मत ल्याएर पछ्याईरहनुभएको छ ।
हालसम्म आङदेम्वेले २२२० मत पाउनुभएको छ भने नेम्वाङले २०८५ मत पाउनुभएको छ ।
ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमा कार्कीले अग्रता कायम राख्नुभएको छ ।
उदयपुरमा प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य पदको मत गणना जारी रहेको छ ।