• ९ मंसिर २०८१, आइतबार

अछाम-१ मा समाजवादीका कुँवरको अग्रता कायमै

blog

झपटबहादुर बोहरा र मन्त्री शेरबहादुर कुँवर ।

शिवराज ढुंगाना 

अछाम, मंङ्सिर ६ गते । प्रतिनिधिसभातर्फको मतगणनामा अछाम क्षेत्र नं. १ मा गठबन्धनबाट एकीकृत समाजवादीका नेता तथा श्रम, रोजगार मन्त्री शेरबहादुर कुँवर दुई हजार २५३ मतान्तरले अगाडि रहनुभएको छ । उहाँले मतगणनाको प्रारम्भदेखि नै अग्रता कायमै बनाउनुभएको हो । 

आठ हजार ५८४ मतगणना हुँदा कुँवरले छ हजार ४४२ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका उम्मेदवार झपटबहादुर बोहराले चार हजार १८९ मत पाउनुभएको छ । स्वतन्त्र उम्मेदवार राजन कुँवरले ८९२ मत प्राप्त गर्नुभएको छ । 

हाल मन्त्री शेरबहादुर कुँवरको गृह पालिका चौरपाटी गाउँपालिका र बोहराको छिमेकी रामारोशन गाउँपालिकामा रहेका मतदान केन्द्रका मत गणना भइरहेको छ । र साँफेबगर नगरपालिकाको भवनमा पनि मतगणना भइरहेको छ । 

अछाम क्षेत्र नं. १ मा ४१ हजार ४८५ मत खसेको हो ।